काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई पोखरा पुर्याइएको छ । लामिछानेलाई सिमराबाट काठमाडौं हुँदै हवाइमार्गबाट पोखरा पुर्याइएको हो ।
वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा उनलाई बयानको लागि पर्सा लगिएको थियो । लामिछानेको बयान पूरा भएपछि सिमराबाट काठमाडौ हुदै बुद्ध एयरको जहाजमार्फत पोखरा लगिएको हो ।
सहकारी ठगी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ । प्रहरीले पोखराको सूर्यदर्शन सहकारी, रुपन्देहीको सुप्रिम सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगञ्जको सानो पाइला सहकारीमा बचतकर्ताको रकम अनियमिततामा लामिछानेसँग बयान लिएको छ ।