२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाका लागि प्रस्तावित राजदूत नेपालीको संसदीय सुनुवाई शुरु



अ+ अ-

काठमाडौँ । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई शुरु भएको छ ।

बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिमा श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई गरेको हो ।

सरकारले पूर्णबहादुर नेपाली प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काको लागि नेपालको आवासीय राजदुत पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो । समितिको बैठकमा बोल्दै समिति सभापति ईश्वरीदेवी न्यौपानेले प्रश्तावित राजदुत नेपालीको संसदीय प्रक्रिया शुरु भएको र विद्युतीय सञ्चारमाध्यममा प्रस्तावित राजदूतको नाम प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिनुभयो । उहाँले साथै प्रश्तावित राजदुत उपर उजुरी आह्वान गर्ने निर्णय भएको समेत बताउनु भयो ।

नेपालको संविधानबमोजिम सङ्घीय संसद, संसदीय सुनुवाइ समितिबाट सुनुवाई सम्पन्न भएपश्चात राष्ट्रपतिले अनुमोदन गर्ने प्रचलन छ ।