५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योगी चन्द्र ढकाल कोरोनामुक्त



अ+ अ-

काठमाडौँ । उद्योगी चन्द्रप्रसाद ढकाल कोरोना मुक्त हुनुभएको छ । उहाँको शनिबार गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभएको छ । आज साँझ फेसबुक स्टाटस लेख्दै उहाँले आफू कारोना मुक्त भएको जानकारी दिनुभएको छ । उहाँले आफ्नो फेसबुकमा लेख्नुभएको स्टाटस यस्तो छ-  

'हिजो गरिएको स्वाब परीक्षणको आज प्राप्त मेरो रिपोर्ट नेगेटिभ आएको खुशीसाथ जानकारी गराउन चाहन्छु । यो दुई हप्ताको अवधिमा मेरो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गरी मलाई स्वास्थ्यलाभको कामना गर्ने देशका विभिन्न क्षेत्रका आदरणीय महानुभावहरु, नेपाल उद्योग वाणिज्य महासंघसहित देशका समग्र व्यवसायी साथीहरुहरुप्रति कृतज्ञ छु ।

यहाँहरुको सद्भाव, शुभेच्छा र मायाले नै मैले कोभिड भाइरसलाई परास्त गर्न सकेको महसुस गरेको छु । यसबीचमा यहाँहरुको फोन रिसिभ गर्न तथा एसएमएस आदिको जवाफ लेख्न असमर्थ भएकोमा तपाईँहरु सबैप्रति क्षमाप्रार्थी छु ।

महामारीको अहिलेको अवस्थामा स्वदेश तथा संसारभरि रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई स्वास्थ्य सजगता र सतर्कता अपनाई सपरिवार सुरक्षित रहनुहोस् भनी कामना पनि गर्दछु । साथै संक्रमित भइ उपचार गराइरहनुभएका सबैमा मेरो शीघ्र स्वास्थ्य लाभको कामना छ ।

यस क्षणमा म मेरो उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीज्यूहरु, मेरो परिवारका सदस्य तथा आफन्तजनहरुको सहयोगको सराहना गर्दै सबैप्रति मेरो सधन्यवाद हार्दिक नमन छ ।'