१४ श्रावण २०८३, बिहीबार
,
Latest
संसदमा प्रचण्डको सम्बोधन सुरु सुनसरी घटनाको विरोधमा जनकपुरधाम बन्द, जनजीवन प्रभावित प्रतिनिधि सभाको शुन्य समयः सुनसरी घटना, सीमा सुरक्षा र सरकारको कार्यशैलीप्रति सांसदहरूको ध्यानाकर्षण वर्ल्डलिंकबाट सुरु भयो विद्युत् प्राधिकरणको पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया जनसरोकारका मुद्दामा सरकार उदासीन भएको भन्दै सांसद मल्लद्वारा ध्यानाकर्षण सुनसरी घटनालाई लिएर सरकारको आलोचनाः नैतिक जिम्मेवारी लिन सांसद यादवको माग उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान सत्तारुढ दलकै सांसदले भने–मैले त परिवर्तन महशुस गर्न पाएको छैन भने आम जनताले कसरी परिवर्तनको… बुटवलका रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार, ६ लाख १३ हजार बढी क्षतिपूर्ति दिलाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरको खराब सुरुवात, पावरप्लेमा ३७ रन जोड्दा ५ विकेट गुमायो



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले खराब सुरुआत गरेको छ ।

सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुरले पावरप्लेमा ५ विकेट गुमाएर जम्मा ३७ रन बनाएको छ ।

जनकपुर ओपनरद्वय अनिलकुमार शाह र आसिफ शेखसहित टप अर्डर ब्याटर लाहिरु मिलान्था, हर्ष थाकर र शुभ कंशाकारलाई गुमाएको छ । अनिल शून्य, आसिफ ४, लाहिरु ७, हर्ष ५ र शुभ शून्य रनमा आउट भए ।

बलिङ सुदूरपश्चिमका इशान पाण्डेले २, कप्तान दीपेन्द्रसिंह ऐरी र सैफ अली जैवले एकएक विकेट लिएका छन् ।