९ पुष २०८२, बुधबार
,
Latest
भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस वर्षको ‘दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार’ वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रदान



अ+ अ-

काठमाडौं: अधिकारकर्मी दयाराम परियारको स्मृतिमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा स्थापित ‘दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार’ वरिष्ठ अविक्ता कृष्णप्रसाद भण्डारीलाई प्रदान गरियो।
मानव अधिकार, कानुनी शासन एवं सामाजिक न्यायको क्षेत्रमा भण्डारीले पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको आयोगले जनाएको छ।

७६ओैँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर आयोगद्वारा मंगलवार आयोजित समारोहमा उपप्रधानमन्त्री विष्णु पोैडेलले वरिष्ठ अधिवक्ता भण्डारी उक्त पुरस्कारप्रदान गर्नु भयो।
समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले वरिष्ठ अधिवक्ता भण्डारीलाई सम्मान गर्नु भएको थियो।

अधिकारकर्मी दयाराम परियारको मानव अधिकार आयोग जनकपुर कार्यालयमा कार्यरत रहँदा शाहीकालमै ०६२ चैत ११ मा प्रहरीको गोली लागी उपचारको क्रममा चैत १५ गते सहादत भएको थियो।
अधिकारकर्मी परियारको सम्मानमा हरेक वर्ष ‘दयाराम परियार मानव अधिकार स्मृति पुरस्कार’ प्रदान गरिँदै आईएको हो।

हाल सम्म मानव अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा योगदान गरेका डा. शिवमाया तुम्बाहाम्फे, श्याम सुन्दर शशी, दुर्गा घिमिरे, चन्द्रकिशोर झा, बलदेव राम,चरिमाया तामाङ, शारदा चन्द, टेकनाथ बराल, मातृका देवकोटा, नजवुल खान, विद्या राजभण्डारी, रामजी अधिकारी, प्रेम कुमारी पन्त, नारायणप्रसाद शर्मा, डाक्टर हरिहर वस्ती, डाक्टर रेणु अधिकारी लगायतले ‘दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार’ प्राप्त गरिसकेका छन् ।