११ असार २०८३, बिहीबार
,
Latest
कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेसँग कांग्रेस र एमाले किन तर्सिनपर्‍योः प्रचण्ड



file photo
अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछानेसँग राजनीतिक प्रतिशोध साधिएको बताएका छन् । चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष दाहालले सहकारी ठगहरु अहिले सत्ताको नेतृत्व गर्ने पार्टीहरुमा रहेको र उनीहरुलाई बचाउन सरकार लागि परेको बताए । उनले आफू प्रधानमन्त्री हुँदा रवि लामिछानेबारे बुझ्दा सहकारी प्रकरणमा केही नभएको र सबै सरकारी निकायबाट सूचना आएपछि सदनमा पनि बोलेको बताए ।

‘रवि लामिछाने, जो यही चितवनबाट दुईदुई पटक अत्यधिक मतले जित्नुभयो । अहिले उहाँलाई राजनीतिक प्रतिशोधले जो गरिएको छ, अहिले त आतंकित पार्ने ढंगले मध्यरातमा प्रहरीबाट ज्यादती भएको पनि सुन्छु ।,’ उनले भने, ‘देशको चौथो पार्टीको नेता भागेर विदेश जाने स्थिति छैन । रविजीले अदालतलाई सघाउँछु भनिराख्नुभएकै छ । रवि लामिछानेसँग कांग्रेस र एमाले किन तर्सिनपर्‍यो? सरकारले यो विषयमा ज्यादती गर्दा भने संसदको विशेष अधिवेशन बोलाएर हामी त्यहाँबाट पनि विरोध जनाउँछौं । साथै विपक्षी र सरकारमा भएकाहरुको पनि समर्थनमा हामी काठमाडौंमा ठूलो प्रदर्शन गर्छौं ।’