चितवन । भरतपुर अस्पतालमा ४० वर्षीया कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
यही असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी उनीमा आसोज १९ गते कोरोना पुष्टि भएको थियो ।
स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि १९ गते नै कोभिड सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो । उनीको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो ।











