काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको दोस्रो खेलमा कर्णाली याक्सका विलियम बोसिस्टोको शानदार बलिङमा पोखरा एभेन्जर्स १०३ रनमै अलआउट भएको छ ।
टस जितेर ब्याटिङ रोजेको पोखराले १६.३ ओभरमा सबै विकेट गुमाएर जम्मा १०३ रन बनायो । पोखराको लागि दिनेश खरेलले सर्वाधिक २६ रन बनाए । यस्तै, एन्ड्रिस गौसले २५, रेमण्ड रेफर २० तथा कप्तान कुशल भुर्तेलले १० रन बनाए ।
पोखरालाई सस्तो मै समेट्न बोसिस्टोले ४ ओभर बलिङ गर्दा २८ रन खर्चेर ६ विकेट लिए । सोमपाल कामी, विपिन शर्मा र युनिस ठकुरीले एक एक विकेट लिए ।