१० पुष २०८१, बुधबार
,
Latest
यो देश कसको ? आयल निगमले नयाँ बिक्रेताका लागि आवेदन खोल्यो पञ्चायत बिरुद्ध लडेर आउनु भएको नेतृत्वले पञ्चकै नक्कल गर्नुभयो: उषाकिरण तिम्सेना विन्दाको व्यङ्ग्य: पार्टी काममै थियौ, नेताले ६ महिना छुट्टी दिए ! एमालेले भीम रावललाई पार्टीबाट हटायो,बिन्दा र उषाकिरण ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता तमू पत्रकारिता पुरस्कारबाट छ जना पुरस्कृत मुलुकको विकासका लागि काँग्रेसले जति काम अरु कुनै पार्टीले गरेको छैनः नेता सिटौला कर्णाली विकास बैंक समस्याग्रस्त घोषित स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए, वृद्ध बुबाआमादेखि परिवारजन शोकाकूल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सामा रवि लामिछानेको बयान सुरु



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय पर्सामा बयान सुरु भएको छ ।

मंगलबार बिहान १० बजे वकिल कार्यालयमा उपस्थित गराएर बयान सुरु गरिएको पर्साका एसपी कुमुध ढुंगेलले जानकारी दिए ।

वीरगञ्जको सानो पाइला सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानका लागि लामिछानेलाई पोखराबाट हवाई उडानमार्फत पर्सा लगिएको थियो । सोमबार मेडिकल जाँच गरेर लामिछानेलाई हिरासतमा राखिएको थियो ।

गत मङ्सिर १९ गते पर्सा जिल्ला अदालतले सानो पाइला सहकारी ठगी प्रकरणमा सभापति लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसहित १४ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।

तत्कालीन समयमा लामिछाने प्रबन्ध निर्देशक रहेको समयमा सानो पाइला सहकारीबाट करिब रू आठ करोड रकम गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ । यसअघि कास्की, रूपन्देही, काठमाडौँ र चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेर जिल्ला–जिल्लामा बयान लिने क्रम जारी छ ।

लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।