१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

०७ सालको क्रान्तिको जगमा अहिलेको परिवर्तन भएको होः रामवरण यादव



अ+ अ-

काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २००७ सालको क्रान्तिको जगमा अहिलेको उपलब्धी प्राप्त भएको बताउनुभएको छ ।

सोमवार साँझ जनकपुरधाममा महेन्द्रनारायण निधीको जीवनमा आधारित पुस्तक ‘नेपालका निधी’को लोकार्पण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पूर्वी मधेस बलिदानी ठाउँ भएको उल्लेख गर्दै बलिदानको उपलब्धिस्वरुप अहिले आफू जस्तो सामान्य व्यक्ति सरकार प्रमुख बनेर काम गरेको बताउनु भयो । उहाँले ०६२/०६३ को परिवर्तन २००७ सालको क्रान्तिको जगमा भएको बताउनु भयो । २००७ सालको क्रान्ति फेल भएको भए यो परिवर्तन सम्भव नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पूर्वी मधेस बलिदानीको ठाउँ हो । २००७ सालको क्रान्तिको जगमा २०१७ सालको प्रतिगमन, ०३६ सालको आन्दोलन, ०४६ को पुनः स्थापना र ०६२/०६३ को परिवर्तन २००७ सालको क्रान्तिको जगमा परिवर्तन भएको छ । २००७ सालको क्रान्ति फेल भएको भए यो परिवर्तन सम्भव थिएन । आज म जस्तो मान्छे देशको राष्ट्रपति भएँ । एउटा पत्थरमाथि उभिएर अर्को जम्प गर्ने ठाउँ २००७ सालको क्रान्तिले दिएको हो । यसमा सम्पूर्ण देशवासीको योगदान छ ।’

उहाँले अहिलेको उपलब्धि प्राप्त गर्नुमा सम्पूर्ण देशवासीको योगदान रहेको बताउनु भयो ।