१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शानदार इनिङमा लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध १६७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनायो ।

बलियो स्कोर खडा गर््न कप्तान रा्हितले ८० रन बनाए । उनले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । पाँचौ विकेटका लागि रोहित र विन जफरले ११५ रनको साझेदारी गरे। जफरले ३५ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा ५२ रन बनाए ।

यस्तै, लुम्बिनीका लागि अर्जुन साउदले १५ र टम मूर्सले १० रन जोडे ।

बलिङमा चितवनका रिजन ढकाले ३ विकेट लिए । कप्तान कुशल मल्ल र रन्जित कुमारले समान एक विकेट लिए ।