२८ फाल्गुन २०८१, बुधबार
March 12, 2025 Wednesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.02

Wind: 5.66

Humidity: 64

Latest
सोचेअनुसारको काम गर्न सकेको छैनः मन्त्री गुरुङ संसदमा चैत ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने सहकारी क्षेत्रमा देखिएका विकृति र अनियमितताको निराकरण गर्न विधेयक ल्याइएको होः मन्त्री अधिकारी युक्रेन युद्धविराम प्रस्तावबारे अमेरिकी सूचना पर्खिरहेको क्रेमलिनको भनाइ न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’ महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित भन्सार जाँच पासपछि अनुसन्धान नाममा व्यवसायीलाई दुःख नदिन सांसदहरुको जोड स्ववियु चुनावः ८२ क्याम्पसमा अध्यक्ष निर्विरोध, अनेरास्ववियु पहिलो स्थानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा–छेन्दु उडान हुँदै आर्थिक तथा व्यवसायिक वातावरण सुधारसम्बन्धी विधेयकले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउँछः अर्थमन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्दैनन्, गणतन्त्र हरेक किसिमले उत्तम छः प्रदीप ज्ञवाली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गणतन्त्र हरेक किसिमले उत्तम व्यवस्था भएको बताउनुभएको छ ।

सोमवार ७४ औं मुक्ति दिवसका अवसरमा रामप्रसाद राई स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गणतन्त्रमा जनताका अपेक्षाअनुसारका काम हुन नसकेको स्वीकार गर्दै गणतन्त्रको रक्षा गर्नु र अझै सशक्त बनाउनुको विकल्प नरहेको बताउनु भयो । उहाँले कतिपय पात्रहरुको कारणले गणतन्त्रमा सही शासन हुन नसकेको पनि बताउनु भयो । उहाँले नेपाली राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान नसक्ने इतिहासले पुष्टि गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली इतिहासले के देखायो भने राजतन्त्र र प्रजातन्त्र सँगसँगै जानसक्ने रहेनछन् । दुई पटक नेपाली जनताले त्यत्ति उदार मनले भागेर दिल्ली पुगेका राजालाई फर्काएर गद्दीमा राख्दा पनि र सम्पूर्ण रुपले पराजित हुने अवस्थामा भइहाल्यो नि त तिमीलाई सम्मान हुनेभयो । मदन भण्डारीको भाषामा भन्दा सेतो हात्ती पाल्न अलि बढी खर्च लाग्ला केही बात छैन तर जनताको अधिकारमाथि गिद्दे दृष्टि नलगाइयोस्, है भनेर त्यसरी सम्झौता गर्दा पनि पुरानै अवस्थामा उहाँ पुगिसकेपछि हामी यो निस्कर्षमा पुगेका हौँ की अब राजतन्त्र र प्रजातन्त्र सँगसँगै अघि बढ्न सक्दैनन् ।

राजतन्त्रका अनिवार्य नियति भनेकै कुर्सीमा बसिसकेपछि उ निरंकुश हुन खोज्छ, प्रजातन्त्रमाथि धावा बोल्न खोज्छ, एक न एकदिन उसले प्रजातन्त्र डस्छ भन्ने निस्कर्षका साथ नै हामी गणतन्त्रमा पुगेका हौँ र यसमा हामीलाई गर्व छ । हो गणतन्त्रले भने जस्तो गरी डेलिभरी दिन नसकेको होला । कतिपय पात्रहरुको कारणले जस्तो शासन व्यवस्था हुनुपर्दथ्यो, त्यो हुन नसकेको होला । जनताका अपेक्षाअनुसारका काम हुन नसकेका होलान् तर वास्तवममा गणतन्त्र हरेक किसिमले उत्तम व्यवस्था हो र यसलाई सफल बनाउनु, रक्षा गर्नु हामी सबैको कर्तव्य हो ।’

उपमहासचिव ज्ञवालीले क्रान्तिको लाभ जनताले पाउने सुनिश्चिचतासहित सरकारका काम कारबाही अघि बढाउन जरुरी रहेको बताउनु भयो ।