२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री झाँक्री प्रति गोकुलको कटाक्ष, कालापानीबारे बोल्न अझै पनि मुखमा टेप छ की?



अ+ अ-

काठमाडौ ।  नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले सीमा मुद्दासम्बन्धमा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई कटाक्ष गरेका छन् । 

आफ्नो फेसबुक पेजमा उनले लेखेका छन्, “एक सच्चा देशभक्त परमादेशी मन्त्रीले मुखमा बेरेको कालो टेप खोलेर बोलेको सुनियो– कालापानी क्षेत्रबारे मन्त्री बोल्न मिल्दैन, अभियन्ताले मात्र बोल्न मिल्छ। धन्य, हाम्रो अग्रगामी सरकार, तिमी छौ र त हाम्रो देशभक्ति र लोकतन्त्र बाँचेको छ।” 

मन्त्री झाँक्रीले नेकपा एमालेमै रहँदा केपी ओली सरकारविरुद्ध बोल्न नपाएको भन्दै मुखमा लगाएको कालो टेप खोलेर बोलेकी थिइन् । हाल उनी एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी पार्टीमा रहेकी छन् । 

नेता बाँस्कोटाले भारतीय पक्षले कालापानीमा संरचना निर्माण गरिरहँदा सरकारमा बसेका मन्त्रीहरु मौन बनेको भन्दै मन्त्री झाँक्रीमाथि ब्यङ्ग्य गरेका हुन् । उनले अभियन्ताले कालापानी विषयमा बोल्न हुने तर मन्त्रीले किन बोल्न नहुने भन्ने आशय व्यक्त गरेका हुन् । देशभक्त परमादेशी मन्त्रीले कालो टेप खोलेर बोलेजस्तै सीमा मुद्दामा पनि बोल्न नसकेको भनी कटाक्ष गरेका हुन् ।