१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री झाँक्री प्रति गोकुलको कटाक्ष, कालापानीबारे बोल्न अझै पनि मुखमा टेप छ की?



अ+ अ-

काठमाडौ ।  नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले सीमा मुद्दासम्बन्धमा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई कटाक्ष गरेका छन् । 

आफ्नो फेसबुक पेजमा उनले लेखेका छन्, “एक सच्चा देशभक्त परमादेशी मन्त्रीले मुखमा बेरेको कालो टेप खोलेर बोलेको सुनियो– कालापानी क्षेत्रबारे मन्त्री बोल्न मिल्दैन, अभियन्ताले मात्र बोल्न मिल्छ। धन्य, हाम्रो अग्रगामी सरकार, तिमी छौ र त हाम्रो देशभक्ति र लोकतन्त्र बाँचेको छ।” 

मन्त्री झाँक्रीले नेकपा एमालेमै रहँदा केपी ओली सरकारविरुद्ध बोल्न नपाएको भन्दै मुखमा लगाएको कालो टेप खोलेर बोलेकी थिइन् । हाल उनी एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी पार्टीमा रहेकी छन् । 

नेता बाँस्कोटाले भारतीय पक्षले कालापानीमा संरचना निर्माण गरिरहँदा सरकारमा बसेका मन्त्रीहरु मौन बनेको भन्दै मन्त्री झाँक्रीमाथि ब्यङ्ग्य गरेका हुन् । उनले अभियन्ताले कालापानी विषयमा बोल्न हुने तर मन्त्रीले किन बोल्न नहुने भन्ने आशय व्यक्त गरेका हुन् । देशभक्त परमादेशी मन्त्रीले कालो टेप खोलेर बोलेजस्तै सीमा मुद्दामा पनि बोल्न नसकेको भनी कटाक्ष गरेका हुन् ।