१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजा-इजरायल युद्धको १४ महिनापछि बाबुरामः २१ औं शताब्दीमा यति क्रुर नरसंहार हुनु लज्जाको विषय



अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले इजरायल—प्यालेस्टाइन युद्धबारे सरकारले आफ्नो धारणा स्पष्ट नपारेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

सोमवार काठमाडौंको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले २१ औं शताब्दीमा आएर अहिले इजरायलले जसरी प्यालेस्टाइनमाथि नरसंहार मच्चाएको आरोप लगाउनु भयो । उहाँले प्यालेस्टाइनी जनताको मुक्तिको लागि आवाज आफूहरुले आवाज उठाएको बताउनु भयो । उहाँले अहिले इजरायल राज्य वास्तवमा प्यालेस्टाइन राज्य भएको भन्दै सम्झौता गरेर दुई भागमा विभाजित गरेपछि पनि एकअर्कालाई नस्वीकार्ने कुरा गम्भीर रहेको बताउनु भयो । संयुक्त राष्ट्रसंघमा भएको मतदानमा नेपाल तटस्थ बस्नु गलत भएको र नेपालले सत्य र न्यायको पक्षमा मतदान गर्नुपर्ने बताउनु भयो । उहाँले सत्य र न्यायको पक्षमा बोल्न नसक्ने कुराले मानव हुनुको अर्थ नराख्ने र नेपाल्ी हुनुको अर्थ नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२१ औं शताब्दीमा आएर अहिले इजरायलले जसरी प्यालेस्टाइनमाथि नरसंहार मच्चाएको छ । अस्पतालमा बम वर्षाएको छ । स्कुलमा बम वर्षाएको छ । गाजा क्षेत्रमा त्यहाँका प्यालेस्टाइनी नागरिकहरुलाई नरसंहार गरेर त्यो क्षेत्र नै खालि गर्ने ढंगले अघि बढ्ने गरेर गएको छ । यति क्रुर नरसंहार २१ औं शताब्दीमा हुनु सबैको निम्ति लज्जाको विषय हो । हामी थोरै भएपनि जिउँदा मान्छे नेपालमा अझै रहेछौँ । हामी सत्य र न्यायको पक्षमा बोल्न डराइरहेका छाँै । नेपाल राज्य शान्तिको पक्षमा सधैँ उभिँदै आएको छ । हामीले सधैँ प्यालेस्टाइनी जनताको मुक्तिको लागि आवाज उठाइरहेका छौँ । जहाँ अहिले इजरायल छ, त्यो वास्तवमा प्यालेस्टाइन हो । प्यालेस्टाइन जनताको आदिभूमि हो । त्यहाँ विभिन्न पुँजीवादी शक्तिका हर्कतहरुले यहुदी राज्य खडा गरियो, अर्काको जमिनमा लगेर इजरायल नाको देश खडा गरेर प्यालेस्टाइनीलाई बेदखाल गर्ने काम गरेका छन् । त्यो अन्यायपूर्ण छ । दुई राज्य बनाऔँ, यहुदीको लागि इजरालय र मुस्लिम र आदिवासीको लागि प्यालेस्टाइन भनेर दुई राज्य बनाउने जुन सहमति भएको थियो, त्यसको पालना गर्नुको साटो अब उल्टै प्यालेस्टाइनलाई नै मार्ने प्रयत्न भइरहेको छ, यो भन्दा निकृष्ट अपराध अरु केही हुन सक्दैन । त्यसको बिरुद्धमा आवाज शुरुवात गरेका छौँ । यसमा दृढतापूर्वक उभिनुपर्छ । सरकार किन बोल्दैन । संयुक्त राष्ट्रसंघमा भएको मतदानमा नेपाल न्युट्रल बस्यो । हाम्रो सरकारको प्रतिनिधि मौन भएर बसे । हामी सत्य र न्यायको पक्षमा उभिन सक्दैनौँ भने मानव हुनुको के अर्थ हुन्छ, नेपाली हुनुको के अर्थ हुन्छ । त्यसैले म नेपाल सरकारलाई पनि गम्भीर हुन आग्रह गर्दछु ।’

अध्यक्ष भट्टराईले सत्य र न्यायको पक्षमा बोल्न डराउनु नहुने बताउनु भयो । गाजा—प्यालेस्टाइन युद्ध शुरु भएको १४ महिनापछि सोमवार (आज) बाट पूर्वप्रधानमन्त्रीसहितका नेताहरुले हस्ताक्षर अभियान शुरु गरेका हुन् ।