२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.45

Wind: 2.57

Humidity: 88

तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलले प्यालेस्टाइनमाथि गरेको नरसंहारका विरुद्ध हस्ताक्षर अभियान, प्रचण्डलगागत नेताहरुले गरे हस्ताक्षर



अ+ अ-

काठमाडौँ । इजरायलले प्यालेस्टाइनमाथि गरेको नरसंहारका विरुद्ध नेपालमा देशव्यापी हस्ताक्षर अभियान थालिएको छ ।

नागरिक अगुवा तथा लेखक श्याम श्रेष्ठले संयोजन गरेको हस्ताक्षर अभियान सोमबार राजधानीको रत्नपार्कस्थित शान्तिवाटिकाबाट सुरु भएको हो ।

सो अभियानालाई साथ दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रत्नपार्क पुगेर हस्ताक्षर गरेका छन् । यस्तै, नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपा नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराई, उपेन्द्र यादवका नेताहरु रत्नपार्क पुगेर सो अभियानलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन् ।

केहि समयदेखि इजरायलले प्यालेष्टाइनमाथि आक्रमण गर्दा हजारौँ प्यालेष्टाइनीले ज्यान गुमाइसकेका छन् ।