२५ श्रावण २०८३, सोमबार
,
Latest
गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन जुम्ला यातायात कार्यालयले उठायो एक वर्षमा पौने दुई करोड राजस्व प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट मुस्लिम आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश अर्थमन्त्री डा. वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्नुहुँदै थर्पु बजार खानेपानी समितिद्वारा गोरखाका पहिरोपीडितलाई एक लाख एक हजार सहयोग सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव लागुऔषधसहित पाँच जना पक्राउ पाल्पामा पिकअप जिप ११० मिटर तल खस्दा १० जना घाइते शीत भण्डार बनेपछि स्याङ्जाकाे रत्नपुरका आलु उत्पादक किसान उत्साहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने काठमाडौँमा, साढे २ बजेको उडानमार्फत सिमरा लगिने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौँ ल्याइएको छ ।

वीरगञ्जमा सञ्चालित सानो पाइला बचत तथा ऋृण सहकारी संस्थासम्बन्धी मुद्दामा बयानका लागि पर्सा लैजानको लागि रविलाई काठमाडौँ विमानस्थलमा ल्याईएको हो ।

लामिछानेलाई साढे दुई बजेको उडानमार्फत सिमरा पठाइने छ । त्यहाँबाट भने गाडि मै राखेर उहाँलाई वीरगन्ज लगिने भएको हो ।

वीरगन्जमा जिल्ला सरकारी वकिलको कार्यालयको रोहवरमा बयान लिएपछि लामिछानेलाई पुनः पोखरा पठाइने छ ।

सहकारी ठगी प्रकरणमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।