७ असार २०८३, आईतवार
,
Latest
बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईण्डियन प्रिमियर लिग (आईपिएल)मा सट्टावाजी गर्ने ७ जना पक्राउ



अ+ अ-

काठमाडौ । ईण्डियन प्रिमियर लिग (आईपिएल)  क्रिकेटमा सट्टावाजी गर्ने ७ जना पक्राउ परेका छन् । दुवई, सारजहा, अवुधावीमा संचालन भईरहेको ईण्डियन प्रिमियर लिगको  सट्टावाजी भईरहेको भन्ने सूचनाको आधारमा कालिमाटी वृत्तले बिभिन्न स्थानबाट उनिहरुलाई पक्राउ गरेको हो  । भारत घर भै हाल काठमाडौ महानगरपालीका वडा नं १३ कालिमाटीमा बस्ने कुलदिप शारणले  सट्टाबाजी खेलाउने गरेको सुचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । शारणको बयानका आधारमा अन्यलाई पक्राउ  गरेको हो ।

  पक्राउ पर्नेहरुमा  भारत घर भई हाल कमलपोखरी स्थित होटल कोनार्क ईनमा बस्ने  कुलदिप शारण , सन्जिव शारण सिन्धुपाल्चोकका प्रदिप घिमिरे ,  भारत कानपुर घर भई कुलेश्वर बस्ने अजय गौतम ,कुलेश्वर बस्ने उत्तम सापकोटा ,सोल्टिमोड वस्ने अनिल कुमार बमसल ,राजस्थान घर भई हाल  वसन्तपुर वस्ने नविन जैन रहेका छन् ।  प्रहरील् उनिहरुको साथ ाबट २ ओटा सबारी साधन र १,८५,१२० नेपाली रुपिया बरामद गरेका छ ।