१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास

अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास
अ अ+ अ-

गण्डकी । पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास (होमस्टे) व्यवसाय सञ्चालनमा छ । बर्सेनि ठूलो सङ्ख्यामा देशविदेशका पर्यटकलाई ती घरबासले न्यानो आतिथ्यता प्रदान गर्दै आएका छन् । चित्रमय भूगोल, गाउँले रहनसहन, रैथाने खाना र आत्मीय आतिथ्य संस्कार घरबासका विशेषता हुन् ।

हिमाली काखमा सजिएका ती घरबास गाउँ पर्यटकीय याममा आगन्तुकले भरिभराउ हुन्छन् । त्यहाँ पुग्ने जोकोहीले जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको पनि आनन्द बटुल्न पाउँछन् । कोही पदयात्रा र कोही सडकमार्ग भएर घरबास गाउँ पुग्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०का अनुसार उक्त क्षेत्रका चार सयभन्दा बढी घरले घरबास सेवा दिइरहेका छन् । कतिपय घरबास एकल रुपमा पनि चलिरहेका छन् ।

दैनिक झण्डै दुई हजारभन्दा बढी पाहुना राख्न सक्ने क्षमता ती घरबासमा रहेको आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार ‘एक्याप’को इलाका संरक्षण कार्यालय ल्वाङ (कास्की)अन्तर्गत ल्वाङ गाउँका १२ घर, घलेलका सात घर, टुसेका २७ घर, मिर्साका १६ घर, काभ्रेका १२ घर र कोलेली गाउँका छ घरमा घरबास सेवा सञ्चालित छन् ।

इलाका संरक्षण कार्यालय, सिक्लेसअन्तर्गत सिक्लेस गाउँका २४, ताङतिङमा १४, याङ्जाकोटमा १० र वार्चोकका ११ घरले उक्त सेवा दिइरहेका छन् । इलाका संरक्षण कार्यालय, घान्द्रुकअन्तर्गत साबेतमा १०, नारच्याङमा १५, खिवाङमा छ, इलाका संरक्षण कार्यालय, भुजुङअन्तर्गत घलेगाउँका ४३, घनपोखराका नौ, भुजुङका २८, सिउरुङका १९, पसगाउँका २२ र छापामिप्रामा १२ घरबास छन् ।

यस्तै इलाका संरक्षण कार्यालय, मनाङअन्तर्गत ओडारमा १५, थानचोकमा १४, ताचैमा २६, इलाका संरक्षण कार्यालय, जोमसोमभित्र ठिनीमा ११ र लुब्रा गाउँका आठ घरबासले पर्यटकलाई सेवा दिँदै आएका छन् । इलाको संरक्षण कार्यालय, लोमान्थाङअन्तर्गत पर्ने मराङका पाँच, छोसेरका पाँच र जुङजुङका छ घरमा उक्त सेवा सञ्चालनमा छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र सञ्चालनमा रहेका घरबासलाई व्यवस्थापन तालिमलगायत विभिन्न सहयोगहरु प्रदान गर्दै आएको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । “ग्रामीण पर्यटन विकासमा घरबासको ठूलो योगदान छ, गाउँलाई आर्थिक गतिविधिसँग यसले जोडेको छ”, उहाँले भन्नुभयो, “घरबास सञ्चालनमा आएपछि स्थानीय उत्पादनको प्रवर्द्धनदेखि रोजगारी सिर्जनामा पनि मद्दत पुगेको छ ।” पर्यटकीय राजधानी पोखरादेखि छोटो र लामो दुरीमा गन्तव्यमा अवस्थित घरबास गाउँ विशेष गरी आन्तरिक पर्यटकको बढी रोजाइमा पर्ने गरेका छन् । पछिल्लो समयमा नेपालमा बढीरहेको घुम्ने संस्कृतिले पनि घरबास पर्यटनलाई टेवा पु¥याइरहेको छ ।

कास्कीको माछापूछ«े गाउँपालिका–८ स्थित ल्वाङ सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष मञ्जु गुरुङले एकै रातमा चार सयसम्म पाहुना राख्ने क्षमता ल्वाङ गाउँका घरबासमा रहेको जानकारी दिनुभयो । “यहाँ मुख्य गरी आउने भनेको आन्तरिक पर्यटक नै हो, कोभिड–१९ महामारीपछि विदेशी पाहुनको सङ्ख्या केही घटेको छ”, उहाँले भन्नुभयो, “पोखरादेखि नजिकको दूरीमा भएकाले पनि आउजाउ सहज छ, घुमफिरका लागि जुनसुकै मौसममा ल्वाङ गाउँ उपयुक्त छ ।”

गुजुमुज्ज परेको गुरुङ बस्तीले ल्वाङको आकर्षण थपेको छ । ल्वाङमा सेतो र गेरु रङ पोतिएका एकनासे घर छन् । घरको छाना, आँगन र बाटोमा पनि ढुङ्गा बिछ्याइएको छ । परम्परागत घरले पहाडी वास्तुकलाको झल्को दिन्छन् । प्रकृति र संस्कृतिको अनुपमस्थल ल्वाङ गाउँ ग्रामीण पर्यटन आकर्षक गन्तव्यका रुपमा परिचित छ । विसं २०६७ मा घरबास सञ्चालनमा आएपछि ल्वाङ ग्रामीण पर्यटनमा फड्को मारेको घरबास व्यवस्थापन समितिका अध्यक्ष गुरुङले बताउनुभयो ।

समुन्द्री सतहदेखि १४ सय मिटरको उचाइमा अवस्थित यो गाउँबाट माछापूछ«े, अन्नपूर्णलगायत हिमाली चुचुरोमा देखिने सूर्योदयको दृश्य लोभलाग्दो हुन्छ । गुरुङ संस्कृतिको अध्ययन, अनुसन्धानका लागि देशीविदेशी अध्यताहरुसमेत ल्वाङ गाउँ पुग्ने गरेका छन् । स्थानीयले पाहुनालाई गुरुङ संस्कृति र संस्कार देखाउने गरेका छन् । रैथाने खाना चखाउने, करेसाबारीमा लगेर खेती गर्ने तरिका सिकाउने, भान्छाको परिकार बनाउने विधि पनि सिकाउने गरिन्छ । निगालोबाट बन्ने डोको, सेखु जस्ता घरेलु उत्पादनका सामग्री पनि पर्यटकलाई चिनाउने गरिएको छ ।

घरबासको भान्छामा गाउँमै उत्पादन हुने अन्न र तरकारीबालीको प्रयोग गर्ने गरिएको छ । ल्वाङ गाउँमा पर्यटकले एकदेखि दुई रातसम्म बिताउने गरेका छन् । अन्नपूर्ण आधार शिविर र मर्दी पदयात्रामा जानेहरु पनि ल्वाङ गाउँमा विश्राम गरेर बाटो लाग्छन् । चलचित्रको छायाङ्कनका लागि पनि ल्वाङ गाउँ रोजाइमा पर्ने गरेको छ । ‘प्रसाद–२’, ‘दुई नम्बरी’ लगायतका चलचित्रको छायाँकन यही गाउँमा भएको थियो ।

गाउँको सिरानमा रहेको चियाबारी त्यहाँको अर्को पर्यटकीय आकर्षण हो । एक हजार दुई सय रोपनीमा फैलिएको चियाबारीले इलामको झल्को दिन्छ । चियाबारीको अवलोकनका लागि पनि पर्यटक त्यहाँ पुग्छन् । ल्वाङ गाउँको चिया युरोपसम्म निर्यात हुँदै आएको छ । ल्वाङ जस्तै यहाँका अन्य घरबास गाउँ पनि आफ्नै विशेषतासहित आन्तरिक तथा बाह्य पर्यटकमाझ चिनिएका छन् । घरबास सँगसँगै ती क्षेत्रमा होटल व्यवसाय पनि फस्टाएको छ । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको ‘एक्याप’मा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् ।

अन्नपूर्ण चक्रीय पदमार्ग पदयात्राका लागि विश्वमाझ चिनिएको गन्तव्य हो । यस क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा मात्र दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए ।

प्रदेश सरकार र स्थानीय तहले पनि अन्नपूर्ण क्षेत्रभित्र सञ्चालित सामुदायिक घरबास प्रवर्द्धनमा सघाउँदै आएका छन् । गण्डकी प्रदेश सरकारले सामुदायिक घरबास प्रवर्द्धनलाई गौरवको आयोजनाका समेटी घरबास व्यवसायीहरुलाई बर्सेनि अनुदान उपलब्ध गराउँदै आएको छ । चालु आवमा पनि गण्डकी प्रदेश घरबास व्यवसाय फस्टाएको क्षेत्र हो । अन्न्पूर्ण संरक्षण क्षेत्रबाहिर पनि चल्तीका घरबास छन् । नेपालकै पहिलो स्याङ्जाको सिरुबारी घरबास पनि यसै प्रदेशमा पर्छ ।