२५ श्रावण २०८३, सोमबार
,
Latest
गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन जुम्ला यातायात कार्यालयले उठायो एक वर्षमा पौने दुई करोड राजस्व प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट मुस्लिम आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश अर्थमन्त्री डा. वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्नुहुँदै थर्पु बजार खानेपानी समितिद्वारा गोरखाका पहिरोपीडितलाई एक लाख एक हजार सहयोग सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव लागुऔषधसहित पाँच जना पक्राउ पाल्पामा पिकअप जिप ११० मिटर तल खस्दा १० जना घाइते शीत भण्डार बनेपछि स्याङ्जाकाे रत्नपुरका आलु उत्पादक किसान उत्साहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति लामिछानेमाथि अमानवीय व्यवहार भइरहेको भन्दै रास्वपाले दियो उजुरी



अ+ अ-

काठमाडौं । सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा मानवअधिकार हनन भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ ।

लामिछानेको जीउज्यानको सुरक्षा तथा मानवअधिकारको रक्षा गरी न्याय प्रदान गर्न गराउन रास्वपा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आयोगमा निवेदन दिएका हुन् ।

२ कात्तिकमा प्रहरीले पक्राउ गरेदेखि नै सभापति लामिछानेमाथि राज्य संयन्त्रबाट अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको भनी आयोगलाई ध्यानाकर्षण गराइएको छ । ‘प्रहरी अनुसन्धानका लागि भनि लगिएको उहाँलाई विभिन्न किसिमले मानसिक यातना दिनुका साथै मानवअधिकार समेत हनन हुने गरी राज्य संयन्त्रबाट अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको तर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछौं,’ पत्रमा भनिएको छ ।

राज्य संयन्त्रले नियोजित रुपमा सञ्चारमाध्यमहरूको प्रयोग गरी लामिछानेलाई अपराधीका रुपमा प्रचारप्रसार र बदनाम गराउने प्रयत्न गरेको रास्वपाले जनाएको छ । लामिछानेविरुद्ध भएका मानवअधिकार हनन् भएको र घटनाहरुको सत्य तथ्यपूर्ण तथा निष्पक्ष छानबिनको रास्वपाले माग गरेको छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2024/12/मानवअधिकार-आयोग-२०८१०८२१_241208_115145-1.pdf” title=”मानवअधिकार-आयोग-२०८१०८२१_241208_115145 (1)”]