९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता

आज पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो रङको देखिने

आज पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो रङको देखिने
अ अ+ अ-

काठमाडौं । नासाको जानकारी अनुसार १३ अर्थात् अर्थात् आज मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो रङको देखिनेछ । वास्तवमा यो एक यस्तो दुर्लभ खगोलीय घटना हो जसमा मंगल ग्रह, पृथ्वी र सूर्य एउटै रेखामा हुनेछन् । यसको अर्थ यो हो कि तीनै ग्रह १८० डिग्रीमा हुनेछन् । यो घटनालाई खगोलशास्त्रीको भाषामा मंगल ग्रहको ‘अपोजिशन’ भनिन्छ । मंगल ग्रहको अपोशिजनको घटना प्रत्येक दुई वर्ष ९२६ महिना० मा हुन्छ ।

नासाका अनुसार मंगल ग्रह र पृथ्वी नजिक हुने खगोलीय घटना हरेक दुई वर्ष ९लगभग २६ महिना० मा एक पटक हुन्छ । त्यसैले अर्को पटक मंगल ग्रह र पृथ्वी दुबै एक अर्काको नजिक डिसेम्बर २०२२ भन्दा अघि आउने छैनन् । अपोजिशनको खगोलीय घटना १३ अक्टोबर भइरहे पनि गत मंगलबार अर्थात् ६ अक्टोबरमा पनि मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक आएको थियो । यद्यपि, नजिक आउँदा पनि पृथ्वीबाट मंगल ग्रहको दुरी ३८।६ मिलियन मिल थियो । अब सन् २०३५ सम्म मंगल र पृथ्वी यति नजिक आउने छैनन् । सन् २००३ मा मंगल ग्रह पृथ्वीभन्दा ३४.८ मिलियन मिलको दुरीसम्म पुगेको थियो जुन पछिल्लो ५९ हजार ६ सय १९ वर्षमा सबैभन्दा नजिक थियो । अब सन् २२८७ सम्म यो पृथ्वीको यति नजिक आउने छैन । यो घटनालाई खगोल विज्ञानमा ‘मार्स क्लोज एप्रोच’ भनिन्छ । जब मार्स क्लोज एप्रोचको घटना हुन्छ तब मंगल ग्रह राती चन्द्रमा जति ठूलो देखिन्छ भनेर अफवाह फैलन्छ जुन वास्तविक होइन । तपाईंले टेलिस्कोपको माध्यमले यो पक्कै पनि देख्न सक्नुहुन्छ । यदि तपाईं यसलाई अझ राम्रो तरिकाले हेर्न चाहनुहुन्छ भने तपाईं आफ्ना वरिपरिको तारा घर वा एस्ट्रोनोमी सेन्टरबाट यसलाई हेर्न सक्नुहुन्छ। हरेक दुई वर्षमा यो खगोलीय घटना हुने भएकोले मंगल ग्रहमा जाने मिशन साधारणतया दुई वर्षको अन्तरालमा पठाइन्छ । यसो गर्दा कम दुरीको यात्रा गर्नुपर्छ, यात्रामा समय र ऊर्जा कम लाग्छ ।

हाल मंगल ग्रहका तीन मिशन सक्रिय छन् । यी तीनैलाई यसै वर्ष जुलाईमा पठाइएको थियो । संयुक्त अरब इमिरेट्सको ‘होप’ अर्बाइटर, चीनको ‘तियानवेन’ अर्बाइटर एण्ड रोवर र अमेरिकाको ‘पर्सिवियरेन्स’ रोवर । युरोप र रुसले पनि आफ्नो रोजालिन्ड फ्रेंकलिन रोवरलाई पठाउने बारे सोचेको थियो तर उसले आफ्नो मंगल मिशन लञ्च गर्न सकेन । अब उनीहरुले यसका लागि सन् २०२२ सम्म प्रतिक्षा गर्नुपर्नेछ । यूएई, चीन र अमेरिकाको मंगल मिशन फेब्रुअरी २०२१ मा मंगल ग्रहमा पुग्नेछ । यसअघि मार्स क्लोज एप्रोचको घटना सन् २०१८ जुलाई ३१ मा भएको थियो । सन् २०१८ को मे मा नासाले मंगल ग्रह मिशन लञ्च गरेको थियो । पृथ्वी र मंगल ग्रहबीच दुरीमा यो परिवर्तन ग्रहको अण्डाकार कक्षाका कारण हुने गर्छ । अन्य ग्रहको गुरुत्वाकर्षणका कारण पनि ग्रहको कक्षामा लगातार हल्का–फुल्का परिवर्तन भइरहन्छन् ।

 विशेषगरी वृशस्पतिको गुरुत्वाकर्षण बल जुन कक्षामा मंगल ग्रह परिक्रमा गर्छ, त्यसलाई प्रभावित गर्छ । मंगल ग्रहलाई रातो ग्रहको नामले पनि चिनिन्छ किनभने यसको सतहमा आइरन अक्साइड ठूलो परिणाममा पाइन्छ जसका कारण यो रातो देखिन्छ । मंगल ग्रह सूर्य मण्डलको दोस्रो सानो ग्रह हो । पृथ्वी जस्तै मंगल ग्रहमा उत्तर र दक्षिण ध्रुव छ जुन बरफले ढाकिएका छन् । यहाँ तापक्रम –१४० डिग्री सेल्सियससम्म पुग्छ । मंगल ग्रहमा उच्चतम तापक्रम २० डिग्री सेल्सियस हुन्छ । मंगल ग्रहमा २५ घण्टाभन्दा थोरै समयको दिन हुन्छ तर यहाँ वर्ष भने पृश्थपीको वर्षभन्दा करिब दोब्बर लामो हुन्छ किनभने सूर्यको परिक्रमा गर्न मंगल ग्रहलाई ६८७ दिन लाग्छ ।

स्रोतः बीबीसी