१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालका कर्मचारी झ्यालमा बाँधिएको अवस्थामा मृत फेला



अ+ अ-

सप्तरी। राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको भवनको झ्यालमा बाँधिएको अवस्थामा एक कर्मचारी मृत अवस्थामा भेटिएका छन् ।

राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा कार्यरत ४० वर्षीय सुधीर कुमार झा झ्यालमा बाँधिएको अवस्थामा मृत भेटिएका हुन् ।

छिन्नमस्ता गाउँपालिका ५ गोविन्दपुर घर भएका झा अस्पतालको टिकट काउन्टरमा कार्यरत थिए । झ्यालमा बाँधिएको अवस्थामा भेटिएका झाको दुवै खुट्टा भुईँमा देखिएकाले घटना शङ्कास्पद देखिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

घटना शङ्कास्पद रहेको र थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए ।