काठमाडौ । त्रिभूबन अन्तराष्ट्रिय बिमानस्थल नागरिक उड्यन कार्यलयले बिमानस्थल क्षेत्र अन्तर्गत निर्माण गरिरहेको चार वटा पानी संकलन केन्द्र अर्थात पानी टयाकीको निर्माण सम्पन्न नहुदै अग्रीम भुक्तानी दिएको छ । कुल लागत रु ७ करोड ८३ लाखभन्दा बढी रहेको र चार वटा पानी टयाकी निर्माणका लागि प्राधिकरणसंग शुभ निर्माण सेवा नयाँबजारले संझौता गरि निर्माण गरिरहेको छ ।
जसमध्ये सिभिल ईञ्जिनियरिङ माहाशाखा नजिक दुई वटा टयाकि निर्माणाधीन रहेका छन् भने कार्गाे भबन नजिक काम नै सुरु भएको छैन । तर ढलान भैसकेको भन्दै अग्रीम भुक्तानी भने भैसकेको छ ।
निर्माण सम्पन्न भै सकेपछि गुणस्तर र तोकिएको मापदण्ड पुरा भएपछि मात्र भुक्तानी गर्नुपर्ने रकम ठेक्का सम्झौतामा सग्लन भएका कर्मचारी प्राधिरणबाट सरुवा हुने भएपछि अग्रीम रुपमा नै भुक्तानी गरिएको श्रोतले जनाएको छ ।
विसं २०७६ असार १६ गते बाट सुरुभै २०७७ असार १५ गते भित्र आयोजना सम्पन्न गरिसक्नु पर्ने भएपनि हालसम्म आयोजनाको काम सकिएको छैन । प्राधिकरणका साइड ईञ्जार्च अञ्जान भट्ट सरुवा हुने भएपछि भुक्तानी गरिएको लेखा शाखामा कार्यरत एक कर्मचारीले जानकारी दिए ।
यता आयोजना प्रमुख हरि अधिकारीले भने आफु भर्खर मात्र जिम्मेबारी सम्हाल्न आएको र यस बिषयमा गुनासो सुनेकोले थप बुझिरहेको जानकारी दिनुभयो । उता कर्मचारीहरुले महाप्रबन्धक देबेन्द्र केसीलाई यस बिषयमा जानकारी गराउदा समेत कुनै वास्ता नगरेको गुनासो गरेका छन् ।











