२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रम ऐनलाई सरकारले समय सापेक्ष बनाएर संशोधन गर्छः श्रममन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम ऐनलाई सरकारले समय सापेक्ष बनाएर संशोधन गर्ने बताउनुभएको छ ।

शुक्रवार मन्त्रालयमा उत्कृष्ट काम गर्ने उद्योग प्रतिष्ठानहरुलाई सम्मान गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले श्रम ऐनलाई समय सापेक्ष बनाउनको लागि सरोकारवालाहरुसँग सल्लाह सुझाव माग गरेको बताउनु भयो । उहाँले श्रम ऐनलाई समसामयिक बनाउन र श्रमिकले पाउने अधिकारको ग्यारेन्टी उद्योग प्रतिष्ठानहरु गर्नुपर्ने बताउनु भयो । उहाँले श्रमिकको सुरक्षा र स्वास्थ सम्बन्धि अधिकारका विषयमा श्रम क्षेत्रलाई व्यवस्थित गर्दै जाँदा मात्रै रोजगारदाता र श्रमिक दुवै पक्षको सुमधुर सम्बन्ध बन्ने बताउनु भयो ।

उहाँले रोजगारदाताहरुले उद्योगमा श्रमिकको सुरक्षा र स्वास्थ्य सम्बन्धि अधिकार सुनिश्चित गर्दा उत्पादन बढ्ने समेत बताउनु भयो । उहाँले श्रमिकले काम गर्ने कार्यस्थलको सुरक्षा र स्वास्थ्यमा पर्ने असरका विषयमा गम्भिर भएर सोच्नुपर्ने बताउनु भयो । उहाँले मुलुकमा रोजगारीको सम्भावना कम भएकाले वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले नेपालमा हरेक वर्ष करिव ५ लाख श्रमिकहरु श्रमबजारमा आएपनि १ लाख भन्दा बढी श्रमिकलाई रोजगारी दिनसक्ने अवस्था नभएको बताउनु भयो । उहाँले चार लाख नेपाली श्रमिकहरु हरेक वर्ष बाध्यतात्मक रुपमा वैदेशिक रोजगारीमा जानुपरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सरकारले अहिले श्रम ऐनलाई समय सापेक्ष बनाउने हिसावमा संशोधन गर्ने लागेका छौं । सरकारले स्टेक होल्डरहरुलाई आग्रह गरेका छौं । श्रम ऐनलाई समसामयिक बनाउन र श्रमिकले पाउने अधिकारको ग्यारेन्टी गर्ने र उद्योग,उत्पादनको क्षेत्रलाई अगाडि बढाउने विषयलाई प्राथमिकता दिएका छौँ । श्रमिकको सुरक्षा र स्वास्थ सम्बन्धि अधिकारका विषयमा श्रम क्षेत्रलाई व्यवस्थित गर्दै लिएर जाने हो भने रोजगारदाता र श्रमिक दुवै पक्षको सुमधुर सम्बन्ध र पारिवारिक सम्बन्ध बनाउँछ । रोजगारदाताहरुले उद्योगमा श्रमिकको सुरक्षा र स्वास्थ्य सम्बन्धि अधिकार सुनिश्चित गर्दा उत्पादन समेत बढाउँछ । श्रमिकले काम गर्ने कार्यस्थलको सुरक्षा र स्वास्थ्यमा असरका विषयमा गम्भिर भएर सोच्नुपर्छ । यो मानवजन्य विषयसँग जोडिएको छ । सरकार यो विषयमा गम्भिर छ । मुलुकमा रोजगारीको सम्भावना कम भएको हुनाले वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतामा छौं । करिव ५ लाख हरेक वर्ष श्रमिकहरु श्रमबजारमा आएका छन् । १ लाख भन्दा बढी श्रमिकलाई रोजगार दिने अवस्था छैन । चार लाख नेपाली श्रमिकहरु हरेक वर्ष बाध्यतात्मक रुपमा वैदेशिक रोजगारीमा जानुपरेको छ ।’

कार्यक्रममा विभागले आन्तरिक श्रम बजारमा कार्यरत श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको प्रत्याभुतिका लागि अनुकरणीय र असल अभ्यास गर्ने हरेक प्रदेशका एक–एक गरी ७ उद्योग तथा प्रतिष्ठानहरुलाई सम्मान गरेको छ । जसमा कोशी प्रदेशबाट सूर्य नेपाल प्रा।लि,मधेस प्रदेशबाट ब्रिटानिया नेपाल प्रा।लि,वागमती प्रदेशमा युनिलिभर नेपाल प्रा।लि,गण्डकी प्रदेशबाट सूर्य नेपाल प्रा।लि,लुम्बीनी प्रदेशबाट राज ब्रुअरी प्रा।लि,कर्णाली प्रदेशबाट सिद्धार्थ शनि रिसोर्ट र सुदूरपश्चिम प्रदेशबाट वेष्टर्न फिड इ।प्रा।लिलाई विभागले सम्मान गरेको छ ।




भर्खरै