१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

बिआरआईमा ऋण लिने/नलिने सर्वाधिकार नेपालसँग छः सेमन्त दाहाल

बिआरआईमा ऋण लिने/नलिने सर्वाधिकार नेपालसँग छः सेमन्त दाहाल
अ अ+ अ-

काठमाडौँ । बिआरआई फ्रेमवर्क कार्यदलका विज्ञ सदस्य एवं अधिवक्ता सेमन्त दाहालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनामा ऋण वा अनुदान लिने सर्वाधिकार नेपालसँग रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा न्युज एजेन्सी नेपालले आयोजना गरेको प्रधानमन्त्रीको चीन भ्रमणपछि बिआरआई कार्यन्वयन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँँले उहाँले यो विषय चीन सरकारले समेत स्वीकारिसकेको बताउनु भयो । उहाँले नेपाललद्वारा प्रवद्र्धित परियोजनामा बहुदेशीय परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) लाई ऋण लिने वा अनुदानका रुपमा स्वीकार्ने भनेर आफ्नो अनुकुलताको आधारमा निर्णय लिनसक्ने अधिकार नेपालसँगै रहेको स्पष्ट पार्नुभयो । मिडियामा आएजस्तो नेपालले गलत प्रश्तावमा हस्ताक्षर नगरेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले बिआरआई कार्ययोजना निर्माण गर्न बनेको कार्यदलको प्रश्तावअनुसार नै हस्ताक्षर गरेकाले कोही पनि डराउनु नपर्ने बताउनु भयो । नेपालले परियोजनाको महत्वलाई हेरेर निस्कर्षमा पुग्नसक्ने भएकाले अन्य देशहरुसँग समेत योजनाहरुमा सहकार्य गर्ने बाटो खुला भएको दाबी गर्नुभयो । चीनसँग परियोजना कार्यान्वयनसँगै नेपालले ऋण वा अनुदान सहायता लिने निर्णय गर्दा केही सिद्धान्तहरुको अनुशरण गर्नुपर्ने उहाँको भनाइ छ । चीन सरकारसँगको समझदारी पत्रमा आर्थिक सहायतामा नेपालको विकास र आवश्यकतालाई प्राथमिकतामा राखिएको दाबी गर्नुभयो । उहाँले नेपालले चीन सरकारसँगको सहकार्यमा बन्न लागेको परियोजनामा अन्य देशहरुबाट समेत आर्थिक सहायता पाउनुपर्ने प्रश्ताव राखेकोमा चीनले उक्त प्रश्तावमा सहमति जनाएको बताउनु भयो । नेपालमा प्रधानमन्त्रीले चीन भ्रमणको क्रममा ऋण लिने भन्दै हस्ताक्षर गरेको अफवाह फैलाइएकोप्रति आपत्ति जनाउँदै उहाँले कुनैपनि विवादित दस्तावेजहरुमा हस्ताक्षर नगरेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘आर्थिक सहकार्यमा नेपालको विकास र आवश्यकतालाई ध्यानमा राख्छौं भनेर लेखिएको छ । त्यसकारण हामीले कुनैपनि परियोजनालाई कार्यान्वयन गर्नको लागि वित्तीय सहयोग चािहन्छ । वित्तीय स्रोतको सवालमा यहाँबाट प्रश्तावित कागजातमा मिडियामा आएको ‘ग्राण्ड फाइनान्सिङ मोडालिटी’को प्रश्ताव भएकै हो । त्यो सम्झौता भइसकेपछि चीनले डकुमेण्ट एकदम विलम्वका साथ प्राप्त गरेको छ । त्यहाँ दुई, तीन दिन बिदा परेको कारणले सोमवार मात्र काम गर्नुभयो । खासै फरक आएन ति डकुमेण्टहरुमा । हामीले पेस गरेका डकुमेण्टहरुमा उहाँहरुले सहमति जनाउनु भयो । त्यहाँ एउटा मात्र परिवर्तन के भयो भने ‘ग्राण्ड फाइनान्सिङ मोडालिटी’मा ग्राण्ड हटेर फाइनान्सिङ मोडालिटी मात्र रह्यो । अब यसलाई कसरि लिने भन्ने विषयमा लामो छलफल भयो । अहिले हाम्रो लक्ष्य भनेको परियोजना कार्यान्वयन भएको कारण ग्राण्डमा ठाउँमा नेपालकै प्रश्तावमा ‘एड’ शब्द राखिएको हो । त्यो शब्दमा दुई वटै पक्षको सहमति जुट्यो र एउटा बिन्दुमा पुगेर सहकार्यमा सम्झौता भएको हो । त्यसमा स्पष्टसँग के लेखिएको छ भने नेपालद्वारा प्रवद्र्धित कुनैपनि परियोजना आएको छ भने त्यसको आवश्यकताअनुसार परिभाषित हुन्छ भनेर उल्लेख गरिएको छ । परियोजना विशेष भएर वार्तामा बस्दाखेरि एड शब्दसँगै नेपालद्वारा प्रवद्र्धित परियाजनाको आवश्यकता र निडअनुसार त्यो के हो भन्ने थाहा हुन्छ । त्यसरी हामी निस्कर्षमा पुग्छौं भनेको छ । त्यो अनुदान पनि हुनसक्छ । ऋण पनि हुनसक्ला । अहिले जसरी ग्राण्ड लोनका नाममा विवादहरु आइरहेको छ ।’

‘त्यस्तो कुनैपनि दस्तावेजमा ग्राण्ड भनेर लेखिएको छैन । पछि पनि परियोजनामा काम गर्दाखेरि ग्राण्ड आवश्यक परेको खण्डमा ग्राण्ड नै हुन्छ किनभने त्यहाँ नेपाल सरकारको आशय र अभिप्रायको आधारमा डिफाइन्ड हुन्छ भनेर लेखिएको छ । त्यसकारण यसमा धेरै चिन्ता गर्नुपर्छ जस्तो मलाई लाग्दैन । यदि त्यसमा त्यहाँ उल्लेखित पाँच वटा सिद्धान्तअनुसार हुँदैन भने त्यो परियोजना अगाडि बढ्दैन । त्यसमा पनि हामी ग्राण्ड लोनको सतही बुझाईभन्दा माथि पुग्नुप¥यो । परियोजना विशेष भएर काम गर्दाखेरी नेपालको प्राथमिकता, भ्यालु अफ मनी, टेक्निकल, कमर्सियल, फाइनान्सियल स्ट्याविलिटी र परियोजनाको उद्देश्य के हो त ? त्यो ऋणबाट मात्र बन्छ भने ऋणबाटै बन्छ । यदि अनुदानबाट बन्नुपर्छ भने अनुदानबाटै बन्छ । त्यसमा हामी ऋण लिन सक्दैनौं । त्यो कुराहरु डकुमेण्टमा प्रष्ट पारेको छ । त्यहाँ ऋण वा अनुदान लिनेकुरा परियोजनाको आधारमा नेपालको आश्यकता भनेर लेखिएको छ । चिनियाँ आवश्यकता भनेर लेखिएको छैन । यसमा हामीले आवश्यक्ताको आधारमा अन्तर्राष्ट्रिय रुपमा अन्य देश तथा संघसंस्थाबाट पनि आवश्यक आर्थिक सहयोग माग गर्नसक्छौं भन्ने कुरा परेको छ । सहकार्यको क्षेत्रमा हामीले जति पनि परियोजनमा सहकार्य गर्छौं त्यति परियोजनामा अन्य देशसँग पनि खुला छ भन्ने शब्द लेखिएको छ ।’

उहाँले कुनैपनि परियोजना सामाजिक रुपमा, आर्थिक रुपमा, व्यवसायिक रुपमा सम्भाव्य हुनुपर्ने प्रश्ताव राखेको स्पष्ट पार्नुभयो । कुनैपनि परियोजना उल्लेखित सिद्धान्तको रुपमा नआए कार्यान्वयन गर्न नसकिने कुरा चीन सरकारलाई स्पष्ट भनिएको बताउनु भयो ।