काठमाडौं । गायिका स्मिता दाहाल विवाह बन्धनमा बाँधिएकी छिन् ।
शुक्रबार काठमाडौंको मूलपानीस्थित नर्लिङ रिसोर्टमा स्मिताले प्रेमी सायुज्य श्रेष्ठसँग विवाह गरेकी हुन् ।
उनीहरुको अहिले पारिवारिक माहोलमा विवाह समारोह भइरहेको छ । समारोहमा केही राजनीतिज्ञ र कलाकारहरू समेत पुगेका छन् ।
स्मिता र सायुज्यले केही साता अगाडि इन्गेजमेन्ट गरेका थिए।
स्मिता पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् । स्मिताले ‘मायालु तिमी कता छौ’, ‘कल्लाइ था छैन’ जस्ता चर्चित गीत गाएकी छिन् ।










