१० माघ २०८१, बिहीबार
,
Latest
कलेज जाँदै गरेकी किशोरीमाथि बलात्कार, एकजना पक्राउ कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्ने फैसला सर्वोच्चले पुनरवलोकन गर्ने चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस दोधारा–चाँदनी सुक्खा बन्दरगाह निमार्ण गर्न बोलपत्र आह्वान समपूरक र विशेष अनुदान सम्बन्धी कार्यविधि संशोधन, समपूरक अनुदान अधिकतम सीमामा कटौती सरकारी वकिलको बहस सकियो, रविका वकिलको बाँकी अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति पक्राउ पेस्तोलसहित चार भारतीय नागरिक पक्राउ असनमा आगलागी, निभाउने प्रयास जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्यदर्शनको रकम अपचलन आरोपमा सहकारीका साधारण सदस्य पक्राउ



अ+ अ-

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा सहकारीका साधारण सदस्य पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार जान लागेको अवस्थामा पोखरा घर भएका सहकारीका साधारण सदस्य कृष्ण गुरुङलाई पक्राउ गरेको हो ।

गुरुङलाई पक्राउ गरी पोखरा लगिएको कास्कीका डीएसपी वसन्त शर्माले जानकारी दिए ।

गुरुङलार्ई शुक्रबार सरकारी वकिल कार्यालयमा पेस गरिने उनले बताए ।