१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाहपञ्चमीमा अयोध्याबाट आएका जन्तीलाई सम्मान



अ+ अ-

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिकाले विवाहपञ्चमीमा अयोध्याबाट आएका जन्तीलगायत अतिथिहरूलाई सम्मान गरेको छ ।

उमहानगरपालिकाकाले शुक्रवार गरेको समारोहमा भारतको अयोध्याबाट जन्तीका रूपमा आएका अतिथिहरू अयोध्याका मेयर गिरिषपति त्रिपाठी, राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत राय, विश्वहिन्दु परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री राजेन्द्र पंकजलगायतलाई जनकपुरधामका मेयर मनोजकुमार साहले सम्मान गर्नुभएको हो ।

त्यस्तै भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर मानन्धरलगायतलाई पनि सम्मान गरिएको थियो । समारोहमा अयोध्याका मेयर त्रिपाठीले राम भगवानको जन्ती बनेर आउने शौभाग्य पाएकोमा आफू हर्षित भएको बताउनु भयो । त्यस्तै ट्रष्टका महासचिव रायले आफ्नो परम्परालाई बचाएर राख्नुपर्ने बताउनु भयो । समारोहमा जनकपुरधामका नगर प्रमुख साहले त्रेतायुगको परम्परालाई बचाएर राख्न पाउँदा आफूहरू धन्य महसुस गरेको बताउनु भयो ।

समारोहमा सहभागी अयोध्याबाट आएका जन्तीहरूले मिथिलावासीले जनकपुरधाममा देखाएको प्रेम र स्नेहबाट आफूहरू आनन्दित महशुस गरेको बताएका छन् । त्यसक्रममा अतिथिहरूका साथै अन्य साधु सन्तलगायतलाई उपमहानगरपालिकाले भोजनसमेत गराएको थियो ।