६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यले रविमाथि प्रतिशोध साँधेर दुःख दिईराखेको छः बाबुराम भट्टराई



अ+ अ-

पोखरा । पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले कास्की पुगेर प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेट गरेका छन् ।

कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई शुक्रवार बिहान भेटेर फर्किने क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै डा भट्टराईले उनीमाथि अनेक काण्ड लगाएर दुःख दिइएको बताए ।

राज्यले रविमाथि राजनीतिक प्रतिशोध साँधेको हो कि भन्ने आशंका लागेको बताउदै डा भट्टराईले भने, ‘विभिन्न ढंगले एकपछि अर्को गरेर दुख दिने काम भइराखेको छ । यो अलि अस्वाभाविक र अन्याय पूर्ण भयो भनेर मैले आफ्नो ऐक्यबद्धता जनाउन यहाँ आएको हु ।’

लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।