६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

रविबारे प्रधानमन्त्रीलाई विजय कुमारको यस्तो पत्र

रविबारे प्रधानमन्त्रीलाई विजय कुमारको यस्तो पत्र
अ+ अ-

काठमाडौं । वरिष्ठ पत्रकार विजयकुमार पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जबरजस्ती उठाएर रातारात पोखरा पुर्‍याएको घटना आफूलाई चित्त नबुझेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

वरिष्ठ पत्रकार पाण्डेले सामाजिक सञ्जालमा आज स्टाटस लेख्दै प्रधानमन्त्री ओली चीन भ्रमणमा भएका बेला नेपालमा भएका दुई वटा घटना आफूलाई चित्त नबुझेको बताएका हुन् ।

पाण्डेलाई नेपाल विद्युत् प्राधिकरणमा उर्जा मन्त्री दीपक खड्काले आफ्नो कार्यकक्ष बनाएकोसमेत मन परेको छैन ।

उनले सामाजिक सञ्चालमा लेखेका छन्–

सम्माननीय प्रधानमन्त्री ओलीजी ,

तपाई मित्रराष्ट्र चिनको भ्रमणमा रहनु भएको बेला नेपालमा भएका दुई चित्त नबुझेका घटनाप्रति ध्यान आकर्षण गराउन चाहन्छु ।

१. हाल हिरासतमा रहेका रास्वपा सभापति रबि लामिछानेलाई, चितवनमा मध्यरातमा सुतेको बखत प्रहरीले जबजस्ती उठाई रातारात पोखरा अड्डासार गरिएको समाचारआएको छ ।

आजको दिनमा पनि, नेपालको कानुन अनुसार उनलाई अदालतले दोषी भनेको छैन । कानुनी प्रकृया जारी छ । नेपालको संविधानले, अदालतले दोषी घोषणा गरेकाहरुको वा जेल चलान भैसकेकाहरुको पनि मानव अधिकार सुरक्षित राखेको छ ।

कानुन पढेका हाल कायम गृहमंत्री रमेश लेखक र लामिछाने गृहमंत्री छदा पनि आईजिपी पदमा नै रहेका अधिकृतलाई – यो प्रावधान थाहा नहुने कल्पना गर्न सकिन्न ।

मलाई लाग्छ– सबैभन्दा पहिला हामी सबै मान्छे हौ । त्यसपछी मात्र पक्ष–बिपक्ष , दोषी –निर्दोष हौ ।

कोही दोषी नै हो भने पनि, के कति मात्राको दोषभागी हो ? यो सब परिवेशको अन्तिम व्याख्याताका रुपमा अदालतहरुको संवैधानिक व्यवस्था छदैछ ।

त्यतिमात्र होइन , बेलाबखतमा , कानुन (बिध) र न्याय (वगकतष्अभ) एकै कुरा नहुन पनि सक्छन । त्यसैले त आमजनताले दुनियाले कानुनमात्र हेर्दैन, न्याय पनि हेर्छ । त्यसैले विश्वका अदालतहरुमा सर्वकालिक महान, औसत र घटिया; तिनै थरि मान्छेहरु न्यायमूर्तीको आसनमा बस्छन ।

रुसी साहित्यकार दोस्तोवस्कीको कालजयी कृति छ – Crime and Punishment.

साहित्यमा ओलीजीको थोरबहुत रुचिसंग म वाकिफ छु । कुनैदिन मौका मिले त्यसैमा केन्द्रित बात मारौला पनि ।

प्रिय ओलीजी, तपाईले कुनै रात सुनाउनु भएको हरिभक्त कटुवालको कविता भुलेको छुइन मैले– जूनलाई धेरै नजिकबाट नहेर .. दाग देखिन सक्छ त्यसमा ..

२. मेरो नजरमा, दोस्रो चित्त नबुझ्दो घटना नेपाल बिधुत प्राधिकरणको कार्यालयमा दिपक खडका मंत्रीजीले रातोरात आफ्नो कार्यालय स्थापना गर्नु हो । सबै मंत्रीले , आफु मातहतका संस्थाहरु / कार्यालयहरुमा , यसरी नै कार्यालयहरु स्थापना गर्दै जाने काम एसियाको दोस्रो गरिब देशमा न्यायिक हो ? कानुनी त होला पनि भनेर तर्क गर्न सकिन्छ । तर के न्यायिक हो ?

कुलमान घिसिङ यदि सरकारलाई खपि नसक्नु भएका छन भने , उनलाई तत्काल बरखास्त गरौ । होइन भने उनी माथी सस्तो राजनिति बन्द गरौ । नेताले कर्मचारीसंग राजनिति गर्नु हुदैन । जरुरी भए , उस्लाई पुरस्कृत वा दण्डित गर्नु पर्छ ।

ठूलो नेतालाई , सानो मन शोभा दिदैन। आज हेडलाईन लेख्नेहात त भाडामा पनि किन्न सकिन्छन । तर ती हातले इतिहास लेख्ने औकात राख्दैनन ।

प्रिय केपी ओलीजी – आज तपाई प्रधानमन्त्री पदमा हुनुहुन्छ । भोलि हुनु हुने छैन । यो सत्यले न तपाईलाई फरक पार्छ, न मलाई । किनभने हिजोपनि त तपाई पदमा हुनुहुन्नथ्यो नि ।

तपाईसँग पहिलो परिचय हुँदा, म लक्का जवान थिए, प्रधानमन्त्री पदबाट तपाई कोशौ टाढा हुनुहुन्थ्यो ।

पछी प्रधानमन्त्री पदमा हुँदा, नहुँदा र फेरी हुँदा – तपाईका केही ससानाकुराहरुले, देखाएको स्नेहका ती क्षणले भनौ ; मेरो मन कहिलेकाही छोएको पनि छ । र कहिलेकाही चित्त बुझ्दैन पनि ।

आज एकमन त लागेको थियो, समय मागेर, मौकामिले , भेटेरै विविध बिषयमा कुरा राखौ । फेरी अल्छी लाग्यो । हुन त आलस्य मेरो जीवनको अविभाज्य अंग हो तर पनि हिजोआज अलि बढी नै अल्छी र निस्सार लाग्छ । बढदो उमेरका कारण हो कि, चिसोले हो भन्न सकिन्न ।

चिसोका दिनहरुमा म सिरक ओडेर साहित्य पढन रुचाउछु । आजै भोर बिहानीमा फेरी पढे यी कहिल्यै पुराना नहुने वाक्यहरु , जो हामी सबै गए पछी पनि जिवित नै रहने छन :

’ जब महत्वाकांक्षा र जवानीको भेल बगी सक्छ , जब मान्छे केही पाउने लोभ वा गुमाउने भयबाट अलिकति भए पनि टाढा बस्ने अवस्थामा पुग्छ , जीवनको गज्जब बेला हो त्यो ।

एक हिसाबले भन्ने हो भने, काल पर्खने समय हो यो । अर्को हिसाबले भन्ने हो भने – जीवनको सबैभन्दा उदार र सृजनात्मक समय साबित हुनसक्छ , जीवन गोधुलीको यो बेला ! जीवनको यही सांझबारे अल्बर्ट आइन्सटाइनले बेल्जियमकी महरानीलाई लेखे .. ’