२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानी राजा जिग्मे आज काठमाडाैं आउँदै



अ+ अ-

काठमाडौँ । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज नेपाल आउने भएका छन् । उनको साथमा रानी तेत्सुन पेमा वाङचुक पनि हुेनछिन् । उनीहरु १० बजे काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ ।

राजदम्पत्तिले स्वयम्भु र बौद्धनाथको दर्शन गर्ने तय भएको छ । तर उनीहरुको निजी भ्रमण रहेकाले खासै भेटघाट र अन्य कार्यक्रमहरु भने केही नरहेको जनाइएको छ ।

उनीहरु बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम रहेको र बिहान उनीहरुलाई परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले स्वागत गर्नेछिन् ।

मन्त्रालयले उनीहरु काठमाडौँ आएलगत्तै सुरुमा स्वयम्भु र त्यसपछि बौद्धनाथ दर्शन गर्न जानेछन् । त्यसपछि २ बजे काठमाडौँबाट थिम्पु फर्किने बताइएको छ ।

निजी भ्रमणका लागि काठमाडौँ आउने भएकाले कुनै औपचारिक कार्यक्रम नरहेको बताइएको छ । उनीहरु चार्टर फ्लाइटबाट थिम्पु फर्कने भएका हुन् । उनीहरु हिजै नयाँ दिल्ली पुगेका थिए ।