काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तरगतको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको छ ।
सुदूरपश्चिमले जितको लागि दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाडौं १५.४ ओभरमा ९४ रन बनाएर अलआउट भयो । सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो भने काठमाडौँको दोस्रो हार हो ।
काठमाडौँका लागि स्टीफन एस्किनाजीले सर्वाधिक ३७ रन बनाए । सुमित महर्जनले १४, गेर्हार्ड इरास्मसले १० र भीम सार्कीले १० रन बनाउदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
काठमाडौँलाई स्तब्ध बनाउन सुदूरपश्चिमका नरेन साउदले एक्लैले ५ विकेट लिए । नरेनले ३.५ ओभर बलिङ गर्दा १९ रन खर्चेर ५ विकेट लिए । अविनाश बोहराले २, तथा सैफ जैब र ब्राण्डन म्याकमुलनले १–१ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो।
सुदूरपश्चिमको लागि ब्रान्डम म्याकलमले अर्धशतकिय पारी खेलेका थिए । उनले ३६ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५३ रन बनाए । यस्तै, दिपेन्द्र सिंह ऐरीले ४३, विनोद भण्डारीले ३५ र सेफ जेबले ११ रन बनाए ।
बलिङतर्फ काठमाडौं गुर्खाजका रशिद खानले २ विकेट लिग्दा शहब अलाम, करण केसि र गेराल्ड ईरासमसले एक एक विकेट लिएका थिए ।










