२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागा चैतन्य र शोभिताले गरे विवाह



अ+ अ-

मुम्बई । दक्षिण भारतीय अभिनेता नागा चैतन्य र शोभिता धुलिपाला विवाह बन्धनमा बाँधिएका छन् ।

चैतन्यका हजुरबुवा अक्किनेनी नागेश्वर रावले सन् १९७६ मा स्थापना गरेका अन्नपूर्ण स्टुडियोमा उनीहरुले परम्परागत विवाह गरेका हुन् ।

उनीहरुको विवाहको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै अभिनेता नागार्जुनले आशिर्वाद दिएका छन् । उनले लेखेका छन्,‘शोभिता र नागाले सुन्दर अध्याय सुरु गरेको देख्नु मेरो लागि विशेष र भावुक क्षण हो । मेरो प्यारो छोरालाई बधाई छ र प्रिय शोभितालाई परिवारमा स्वागत छ’।