१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

महिला स्वास्थ्य स्वयंसेविकाहरुको गुनासोः सरकारले कामको मूल्यांकन गरेन

महिला स्वास्थ्य स्वयंसेविकाहरुको गुनासोः सरकारले कामको मूल्यांकन गरेन
अ अ+ अ-

काठमाडौँ । महिला स्वास्थ्य स्वयंसेविकाहरुले सरकारले स्वास्थ्य स्वयंसेविकाहरुको कामको मूल्यांकन गर्न नसकेको गुनासो गरेका छन् ।

बिहीवार ललितपुरमा २१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा आयोजित कार्यक्रममा महिला स्वयंसेविकाहरुले यस्तो गुनासो गरेका हुन् ।

उनीहरुले महिला स्वयंसेविकाहरु जुनसुकै ठाउँमा हिँड्नलाई तयार रहेको भएपनि सरकारले कामको मूल्यांकन गर्न नसकेको गुनासो गरे । उनीहरुले आफूहरुको कामको बारेमा सरकारलाई पटक पटक ध्यानाकर्षण गराएपनि अहिलेसम्मका सरकारले चासो नदिएको महिला स्वास्थ्य स्वयंसेविकाहरुको छाता संस्थाकी अध्यक्ष वसन्ती महर्जनले बताउनु भयो । महिला स्वयंसेविकाहरुले गरेको कामको मूल्यांकन हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जुनसुकै ठाउँमा हिँड्नलाई महिला स्वयंसेविकाहरु तयार छौँ । तयार हुँदाहुँदै पनि हामीले काम गरेको अहिलेसम्म मूल्यांकन छैन । हामीले नेपाल सरकारलाई पटक पटक ध्यानाकर्षण गराएका छौँ । तर अहिलेसम्म ध्यान आकर्षण हुन सकेको छैन । हामीले गरेका कामहरु स्वास्थ्यको मुख्य आधार हो । काम जुनसुकै काम गर्न तयार छौँ तर काम गरिसकेपछि त्यसको मूल्यांकन हुनुपर्छ ।’

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेलले महिला स्वास्थ्य स्वयंसेविकाहरुको उचित व्यवस्थापन सरकारले गर्नुपर्ने बताउनु भयो । उहाँले महिला स्वयंसेविकाहरुलाई अपग्रेड गरेर प्रणालीमा ल्याउनसके आगामी दिनमा राम्रो हुने बताउनु भयो । उहाँले कुन उमेरका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई अपग्रेड गर्ने भन्नेबारेमा सरकारले छलफल गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आगामी दिनमा हामीले दुई तीन वटा चिजहरु गर्नुपर्ने छ । तपाईंहरुको उचित व्यवस्थापनको कुरा छ । अपग्रेडेशनको कुरा छ । सिस्टममा ल्याउनलाई के गर्ने ? जुन तपाईंहरुले काम गरिरहनुभएको छ । त्यसलाई सिस्टममा ल्याउन के गर्ने ? महिला स्वयंसेविकाहरुलाई अपग्रेड गरेर सिस्टममै हाल्न सकियो भने त भोलिका दिनमा सजिलो हुन्छ । कुन उमेरलाई अपग्रेड गर्न सकिन्छ, त्यो बहस गर्न सकिन्छ ।’

कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। विकास देवकोटाले स्वास्थ्य स्वयंसेविकाले व्यक्तिलाई मात्रै नभइ परिवार, समाज र देशलाई नै स्वस्थ बनाउने बताउनु भयो । उहाँले सबैको मुख्य काम भनेको नागरिकको सेवा नै भएकाले सबैले मिलेर काम गर्नुपर्ने जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘डाक्टरले, नर्सले व्यक्तिको उपचार गर्छौं । व्यक्तिलाई स्वस्थ बनाउँछौँ तर यहाँहरुले व्यक्तिका साथै परिवार, समाज र देशलाई स्वस्थ बनाउनु हुन्छ । फरक त्यो हो । सबैको सेन्टर अफ एक्शन भनेको नागरिकको सेवा नै हो । हामी तीन तहको सरकार छौँ । तीन तहको सरकारको समन्वय गरेर प्रोत्साहन कतै न कतै गरिरहेका छौँ । तर समग्र रुपमा सबैलाई सबैको लागि गर्न बाँकी छ ।’

महानिर्देशक देवकोटाले संघीयतापछि महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई संघ, प्रदेश र स्थानीय तह कतै न कतैबाट प्रोत्साहनका कार्यक्रमहरु गरिरहेको भएपनि समग्र रुपमा सबैलाई सबैको लागि गर्न बाँकी रहेको उल्लेख गर्नुभयो ।