२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै



अ+ अ-

भद्रपुर । विर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ ।

कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली धान खरिद गर्न लागिएको हो । “कम्पनीले धानको समर्थन मूल्य प्रति क्विन्टल रु तीन हजार पँच सय ८० दशमलव ६२ तोकेको छ”, उहाँले भन्नुभयो, “कम्पनीले तोकेको मूल्य बजार भाउभन्दा माथि रहेकाले किसानले धान बिक्री गर्नेछन् ।”

तीन लाख ८५ हजार मेट्रिक टन धान उत्पादन

झापामा यो वर्ष तीन लाख ८५ हजार एक सय ९६ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको छ । धान लगाइएको क्षेत्रफल घटे पनि उत्पादनमा भने सामान्य वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यस वर्ष ७५ हजार चार सय ५९ हेक्टरमा धानखेती भएकामा उत्पादकत्व पाँच दशमलव १० मेट्रिक टन प्रतिहेक्टर रहेको केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिनुभयो । “गत वर्षभन्दा यो वर्ष आठ हजार सात सय ९१ मेट्रिक टन धान उत्पादन बढेको छ”, उहाँले भन्नुभयो ।

जिल्लाको केही स्थानमा हर्दिना–६, सावा मसुली, बहुगुणी–२ लगायतका जातका धानबालीमा पेनिकल ब्लाइडको समस्या देखिए पनि समग्रमा धान उत्पादन बढेको ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष धानखेतीका लागि मौसम अनुकूल हुनु, मलको उपलब्धताका साथै गुणस्तरीय तथा उन्नत बीउका कारण उत्पादन बढेको सूचना अधिकारी भण्डारीले बताउनुभयो ।