काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १३९ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनायो ।
पोखराका लागि मार्कस क्रिच्लेले सर्वाधिक ३५ रन बनाए । माइकल लिस्कले २५ रन जोड्दा एण्ड्रियस घोसले २०, रेमोनले १७ रन बनाए । कुशल भुर्तेलले ६ रन बनाउदा दिलीप नाथ ११ र दिनेश खरेल १० रनमा समेटिए ।
बलिङतर्फ ललित राजवंशीले ३ विकेट लिँदा जेम्स नीशमले २ विकेट तथा किशोर महतो र मोहम्मद मोसिनले १/१ विकेट लिए ।










