काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार ४ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जना रहेका छन् ।
योसहित उपत्यकामा संक्रमितको संख्या ४७ हजार ९ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।