१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त मन्त्रीहरुको सपथ बिहीबार बिहान साढे एघार बजे



अ+ अ-

काठमाडौ । नवनियुक्त मन्त्रीहरुको  बिहीबार साढे एघार बजे राष्ट्रपति भवन  शीतल निवासमा सपथग्रहण हुने भएको छ ।  राष्ट्रपतिको कार्यालयले बिहीबार बिहान साढे ११ बजेका लागि मन्त्रीहरूको सपथ ग्रहणको तयारी गरिएको जानकारी दिएको छ।

बुधबार  पुनर्गठित मन्त्रीमण्डलमा प्रधानमन्त्री कार्यालय हेर्ने गरी उपप्रधानमा ईश्वर पोखरेल, बिष्णु पौडेल अर्थमन्त्री, पार्वत गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री, कृष्णगोपाल श्रेष्ठ शहरी विकास मन्त्री तथा लीलानाथ श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त हुनु भएको थियो ।