१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणकाजीलाई बाबुरामको जवाफ- ‘जस्केलाबाट छिरेकोले सत्ताको तुजुक नदेखाउ’



file
अ+ अ-

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा वर्तमान समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले बुढीगण्डकी आयोजनामा ओली, प्रचण्ड र देउवाले नौ अरब घुस लिएका भनी हालै गरेको दोषारोपणले अहिलेको राजनीति तातेको छ । डा.भट्टराई अफूसँग प्रमाण छ भनेर भनिरहेका छन् भने नेकपा र नेपाली काँग्रेसल प्रमाण माग गरिरहेका छन् । यसै मेसोमा उनीसँग नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि प्रमाण मागेका थिए । तर उनलाई डा.भट्टराईले कडा जवाफ दिएका छन् । 

आज ट्वीट गर्दै उनले भनेका छन्- जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउँ’ । उनले ट्वीटरमा श्रेष्ठले जारी गरेको विज्ञप्ति राखेर भनेका छन्, ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउँ।’ उता प्रवक्ता श्रेष्ठले पनि आजै विज्ञप्ति प्रकाशन गरेर भट्टराईलाई प्रमाण पेश गर्न भनेका थिए । 

भट्टराईले हालै दिएको बुढीगण्डकी परियोजनामा अर्बौं रकम घुस लिएको भनी नेकपा अध्यक्षलाई आरोप लगाएर अभिव्यक्ति दिएको भन्दै त्यसउपर श्रेष्ठले बुधबार विज्ञप्ति जारी गरेका थिए। 

श्रेष्ठले विज्ञफ्तिमा उक्त अभिव्यक्ति दुरासयपूर्ण रहेको र भ्रमको खेती मात्र रहेको बताएका थिए। गरिमामय उच्च पद सम्हालिसकेका व्यक्तिबाट प्रचारित आपत्तिजनक र गैरजिम्मेवार अभिव्यक्तिका निम्ति क्षमा याचना गर्नुपर्ने श्रेष्ठको विज्ञप्तिमा थियो।

भट्टराईले सबै उच्च पदासिनहरूको सम्पत्ति छानविन गर्न माग गरेका छन्। ट्वीटरमा जवाफ दिँदै भट्टराईले बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिङ, यति, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार काण्डको छानविन गर्न प्रस्ताव गरेका छन्। उनले सो कार्यका लागि पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार रहेको बताएका छन्। 
 
उनले सो ट्वीटमा भनेका छन्, बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं।म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु।जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ ।