६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रान्तिकारीहरुको लडाईं अझै टुंगिएको छैनः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले क्रान्तिकारीहरुको लडाईं अझै नटुंगिएको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा गणतन्त्र सेनानी सम्मान—२०८१ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

जनताका लागि गणतन्त्र बनाउन अझै बाँकी रहेको उहाँको भनाइ छ । उहाँले जनयुद्ध उत्कर्षतिर जाँदै गर्दाका प्रमुख राजनीतिक दलहरु नै अहिले सत्तामा रहेको उल्लेख गर्दै गणतन्त्र खतरामा रहेको संकेत गर्नुभयो । उहाँले आफूहरु अहिले पनि जनयुद्धताका जस्तै विपक्षमा रहेको बताउनु भयो । उहाँले सबै कम्युष्टिहरु एक हुनुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले देशलाई गणतन्त्रमा रहनबाट कसैले रोक्न नसक्ने दाहालको टिप्पणी थियो ।

उहाँले भन्नुभयो, ‘हाम्रो लडाईं टुंगिएको छैन, हाम्रो लडाईं जारी नै छ । हामी जतिबेला जनयुद्धको उत्कर्षतिर जाँदै थियौँ । राज्यमा अहिले सरकारमा भएका प्रमुख भनिएका पार्टीहरु नै सरकारमा थिए । सत्तामा थिए । हामी क्रान्तिमा थियौँ, अर्को भाषामा भन्ने हो भने उनीहरु सत्तामा थिए, हामी त्यसका विद्रोही पक्ष थियौँ । त्यसको बिरोधी पक्ष थियौँ, प्रतिपक्ष थियौँ पनि भन्न सकिन्छ । अहिले घुम्दै परिस्थिति त्यही दिशातिर जाँदैछ । म तमाम कमाण्डर कमरेडहरुलाई, डेपुटि कमाण्डरदेखि अन्य कमाण्डरहरुलाई विशेष रुपले ध्यानाकर्षित गर्न चाहन्छु । हामी फेरि एकचोटि प्रतिक्रियावादी र बुर्जुवाहरु सत्तामा छन्, हामी क्रान्तिकारीहरु प्रतिपक्षमा छौँ । हामी त्यही किसिमको विद्रोहमा फेरि छौँ । परिस्थिति नयाँ ढंगले हामीले उहिल्यै आँकलन गरेको जस्तै गणतन्त्रमा त यो देशलाई अब कसैले रोक्न सक्दैन ।’

अध्यक्ष दाहालले क्रान्तिकारीहरुले जनताको गणतन्त्र बनाउनेतिर फेरि एउटा लडाईं लड्नुपर्ने आवश्यकता देखिएको बताउनु भयो ।