९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता

नारायणकाजीलाई बाबुरामको जवाफ- ‘जस्केलाबाट छिरेकोले सत्ताको तुजुक नदेखाउ’

नारायणकाजीलाई बाबुरामको जवाफ- ‘जस्केलाबाट छिरेकोले सत्ताको तुजुक नदेखाउ’
file
अ अ+ अ-

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा वर्तमान समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले बुढीगण्डकी आयोजनामा ओली, प्रचण्ड र देउवाले नौ अरब घुस लिएका भनी हालै गरेको दोषारोपणले अहिलेको राजनीति तातेको छ । डा.भट्टराई अफूसँग प्रमाण छ भनेर भनिरहेका छन् भने नेकपा र नेपाली काँग्रेसल प्रमाण माग गरिरहेका छन् । यसै मेसोमा उनीसँग नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि प्रमाण मागेका थिए । तर उनलाई डा.भट्टराईले कडा जवाफ दिएका छन् । 

आज ट्वीट गर्दै उनले भनेका छन्- जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउँ’ । उनले ट्वीटरमा श्रेष्ठले जारी गरेको विज्ञप्ति राखेर भनेका छन्, ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउँ।’ उता प्रवक्ता श्रेष्ठले पनि आजै विज्ञप्ति प्रकाशन गरेर भट्टराईलाई प्रमाण पेश गर्न भनेका थिए । 

भट्टराईले हालै दिएको बुढीगण्डकी परियोजनामा अर्बौं रकम घुस लिएको भनी नेकपा अध्यक्षलाई आरोप लगाएर अभिव्यक्ति दिएको भन्दै त्यसउपर श्रेष्ठले बुधबार विज्ञप्ति जारी गरेका थिए। 

श्रेष्ठले विज्ञफ्तिमा उक्त अभिव्यक्ति दुरासयपूर्ण रहेको र भ्रमको खेती मात्र रहेको बताएका थिए। गरिमामय उच्च पद सम्हालिसकेका व्यक्तिबाट प्रचारित आपत्तिजनक र गैरजिम्मेवार अभिव्यक्तिका निम्ति क्षमा याचना गर्नुपर्ने श्रेष्ठको विज्ञप्तिमा थियो।

भट्टराईले सबै उच्च पदासिनहरूको सम्पत्ति छानविन गर्न माग गरेका छन्। ट्वीटरमा जवाफ दिँदै भट्टराईले बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिङ, यति, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार काण्डको छानविन गर्न प्रस्ताव गरेका छन्। उनले सो कार्यका लागि पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार रहेको बताएका छन्। 
 
उनले सो ट्वीटमा भनेका छन्, बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं।म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु।जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ ।