१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबारको मौसम पुर्वअनुमानः केही स्थानमा हल्का वर्षाको सम्भावना



अ+ अ-

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

बंगालको खाडीमा बनेर तेलांगना माथि रहेको शक्तिशाली निम्न चापीय क्षेत्र कमजोर भई पश्चिम–उत्तरपश्चिम दिशामा अरब सागर तिर सर्ने क्रममा रहेको छ। 

बिहीबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।