१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीपी कोइराला प्रतिष्ठानमा थप चार जना कोरोना संक्रमितको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप चार जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । धरानका दुई जना, इटहरी र तेह्रथुमका एक–एक जनाको मृत्यु भएको हो  ।

सुनसरीको धरान–९ की ४४ वर्षीया महिलाको गत असोज २७ गते संक्रमण पुष्टि भएको थियो । त्यस्तै, धरान–९ कै ५८ वर्षीय पुरुषको पनि निधन भएको छ । उनमा गत असोज २५ गते संक्रमण पुष्टि भएको थियो ।

यता, इटहरी–२० का ७५ वर्षीया महिलाको पनि आज बिहान निधन भएको छ । तेह्रथुकमकी ३१ वर्षीया महिलामा गत १० गते संक्रमण पुष्टि भएकोमा आज बिहान उपचारको क्रममा निधन भएको हो । उनलाई मिर्गौलाको समस्या थियो ।