२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री हिमालय एअरलाइन्सबाट बेजिङ प्रस्थान



अ+ अ-

काठमाडौ । हिमालय एअरलाइन्सको विशेष कूटनीतिक उडान मार्फत प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी श्रीमती राधिका शाक्य चिनको औपचारीक भ्रमणमा जानु भएको छ ।

नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरी प्रधानमन्त्री २ डिसेम्बर, २०२४ का दिन जनवादी गणतन्त्र चीनको राजधानी बेजिङ प्रस्थान गर्नुभएको छ ।

भ्रमणमा प्रधानमन्त्रीसँगै परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु प्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिकरविकास सल्लाहकार डा। युवराज खतिवडा, सासंदहरु, मुख्य सचिव एक नारायण अर्याल, वरिष्ठ सरकारी अधिकारीहरु र विभिन्न उद्योगका प्रतिनिधिहरु संलग्न हुनुहुन्छ।

हिमालय एअरलाइन्स्का अध्यक्ष झो एन्‍योंगले प्रधानमन्त्री, सहित प्रतिनिधिमण्डलका सदस्यहरूलाई बिमानमा स्वागत गर्नुभएको थियो। उक्त अवसरमा हिमालय एअरलाइन्स्का उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठ प्रधानमन्त्रीको प्रतिनिधिमण्डललाई बिदाइ गर्नुभएको थियो ।

यस प्रतिनिधिमण्डल हिमालय एअरलाइन्स्को (Airbus 319 (Registration: 9N-AJK) वायुयानबाट ५ डिसेम्बर, २०२४ मा बेजिङबाट नेपाल फर्कने कार्यक्रम तय रहेको छ।

उक्त उडानपछि उपाध्यक्ष विजय श्रेष्ठले भन्नुभयो, ‘हामीलाई सरकारको प्रमुखको आधिकारिक यात्राको लागि विशेष उडान सञ्चालन गर्ने अवसर प्राप्त हुनु ठूलो सम्मानको कुरा हो। हामीलाई मुलुकको सरकार प्रमुख र देशका उच्चस्तरीय विशिष्ट पदाधिकारीहरू सम्मिलित विशेष उडान सञ्चालन गर्ने अवसरहरु प्रदान गरिदिनुभएकोमा नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छौं। साथै, यस अवसरमा हामी विगतमा नेपाल सरकारको अनुरोधमा हामीले संचालन गरेको काबुलको मानवीय उडान समेत सम्झन चाहन्छौं।’

उक्त उडानको उडानदलमा वरिष्ठ क्याप्टेन हाओ दी (पाइलट इन कमाण्ड, उपाध्यक्ष – अपरेशन्स), क्याप्टेन रिवाज प्रसाद प्रधान र फर्स्ट अफिसर सागर श्रेष्ठ रहेका छन्।

Airbus 319 (Registration: 9N-AJK) वायुयान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११: १६ बजे (नेपाली समय) उडेको थियो र बेजिङ क्यापिटल इन्टरनेशनल एयरपोर्टमा १८: ०० बजे (चीनको स्थानीय समय) अवतरण गरेको थियो।

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र आईओएसए (IOSA) प्रमाणित वायुसेवा हो। हिमालय एअरलाइन्स् उडान सुरक्षा र ग्राहक सेवाप्रतिको प्रतिबद्ध रही यात्रुहरूको यात्रा सहज र सुरक्षित बनाउँछ, जसले एअरलाइन्स्लाई यात्रा गर्नको लागि एक विश्वसनीय साझेदारको रूपमा स्थापित गरेको छ।