१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहराइनका राजकुमार सहितको टोलीबाट मनास्लु हिमालको सफल आरोहण



अ+ अ-

काठमाडौँ– बहराइनका राजकुमार सेख मोहम्मद अल खलिफा सहितको  आरोहण टोलीले मनास्लु हिमालको सफल आरोहण गरेको छ ।बिहिबार  बिहान ६ बजे राजकुमारसहितको आरोहण टोलीले मनस्लु हिमालको सफल आरोहण गरेको आरोहणको संयोजन गरेको सेभेन सम्मिट ट्रेक्स प्रालिले जनाएको छ।

यसअघि गत असोज १९ गते राजकुमारसहितको टोलीले सोलुखुम्बुमा रहेको  लुबुचे हिमालको सफल आरोहण गरेको थियो । आरोहण टोलीमा राजकुमारसहित ५० जना थिए।