२० मंसिर २०८२, शनिबार
,
Latest
निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी ठगी प्रकरणः रवि, छवि र जीवीलाई पक्राउ गर्न पर्सा प्रहरीले माग्यो अनुमति



अ+ अ-

वीरगञ्ज । सहकारीको रकम अपचलन मुद्दामा रास्वपाका सभापति रवि लामिछानेसहित तीनजनालाई पक्राउ गर्न पर्सा प्रहरीले अदालतसँग अनुमति माग गरेको छ ।

वीरगञ्ज महानगरपालिका- ६, आदर्शनगरस्थित सानो पाइला बचत तथा ॠण सहकारी संस्थाबाट गोर्खा मिडियामा ८ करोड ५८ लाख ४४ हजार रूपैयाँ प्रवाह गरिएको थियो । यस सहकारीबाट गोर्खा मिडियाको नाममा ग्लोबल आईएमईमा सञ्चालित बैंक खातामा रकम प्रवाह गरिएको कुरा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले औंल्याएको थियो ।

पर्सा प्रहरीले उक्त सहकारीका अध्यक्ष जीवी राई तथा गोर्खा मिडियाका प्रवन्ध निर्देशकको हैसियतले लामिछाने र छविलाल जोशीका विरुद्ध पक्राउ अनुमति माग गरी अनुसन्धान अगाडि बढाउन लागेको जिल्ला प्रहरी कार्यालयका एसपी कुमोध ढुंगेलले बताए ।

सहकारी ठगी प्रकरणमा उनीहरुमाथि अनुसन्धान गर्ने पर्सा पाचौं जिल्ला हो । उनीहरूमाथि कास्की, रुपन्देही, काठमाडौं र चितवनबाट अनुसन्धान भईरहेको छ ।