५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउने कार्यक्रम जारी (भिडियो सहित)



अ+ अ-

काठमाडौं । कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउने कार्यक्रम मंगलवार पनि जारी रहेको छ ।  

सोमवारदेखि काठमाडौंका विभिन्न खोप केन्द्र मार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएकोमा मंगलवार पनि खोप लगाउने कार्यक्रम जारी रहेको हो । कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिइएको छ ।

उपत्यकाका विभिन्न खोप केन्द्रहरु सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, विरेन्द्र सैनिक अस्पताल छाउनी, लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगंज, वीर अस्पताल, शुक्रराज ट्राफिकल तथा सरुवा रोग अस्पताल टेकु बाट बुस्टर खोप लगाउने कार्यक्रम जारी राखिएको छ ।

त्यस्तै छाउनी, बयोधा अस्पताल बल्खु, प्रसुती रोग तथा स्त्रीरोग अस्पताल थापाथली, निजामती अस्पताल नयाँ बानेश्वर, पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल सामाखुसी, काठमाडौं मोडल अस्पताल, एपेक्स पोलिक्लिनिक जुुडिबुटी, काठमाडौं मोडल अस्पताल, प्रर्दशनीमार्ग, जनमैंत्री अस्पताल बालाजु, शुभेच्छा अस्पताल थापाथली, नर्भिक अस्पताल थापाथली र नोबेल अस्पताल सिनामंगलबाट पनि खोप दिइराखिएको छ । खोप केन्द्रहरुमा खोप लगाउनेको भीड रहेको छ । सिंहदरवारमा कर्मचारीहरुका लागि सीसीएमसीको कार्यालय परिसरमा खोप दिने व्यवस्था मिलाइएको छ । सीसीएमसीको कार्यालय परिसरमा मंगलवार पनि बिहानदेखि खोप लगाउनेहरुको घुइँचो लागेको छ ।