१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

११ हजार नक्कली आयोजनाहरु अध्ययन गरी खारेज गर्छौंः भौतिकमन्त्री दाहाल

११ हजार नक्कली आयोजनाहरु अध्ययन गरी खारेज गर्छौंः भौतिकमन्त्री दाहाल
अ अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चालु आर्थिक वर्षको बजेटमा पास नभएका ११ हजार नक्कली आयोजनाहरु अध्ययन गरेर खारेज गर्ने बताउनुभएको छ ।

आईतवार मन्त्रालयमा पूर्वाधार पत्रकारसँग भएको छलफल कार्यक्रममा बोल्दै भौतिकमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले नक्कली आयोजना खडा गरी अनावश्यक रुपमा बजेटमा राख्ने प्रवृत्तिको सरकारले अन्त्य गर्ने बताउनु भयो । उहाँले ११ हजार नक्कली आयोजना को सन्दर्भमा प्रधानमन्त्रीले बारम्बार प्रश्न उठाएकाले मन्त्रालयले अध्ययन गरेर हटाउने बताउनु भयो । उहाँले संसदले पास गरेको आयोजनाभन्दा कसरी बढ्यो भन्ने कुराको अध्ययन हुने बताउनु भयो । उहाँले भौतिक पूर्वाधार क्षेत्रमा धेरै समस्याहरु रहेको बताउनु भयो। उहाँले पछिल्लो समय पेचिलो बनेको निर्माण व्यवसायीहरुको भुक्तानी आगामी १५ दिनभित्रै गत आर्थिक वर्षमा पाउने रकम भुक्तानी गर्ने बताउनु भयो ।

उहाँले निर्माण व्यवसायीहरुले पाउने पुरानो भुक्तानी १५ दिनभित्रमा पाउने बताउनु भयो । उहाँले सरकार अहिले ठेक्का लगाउने काममा लागिरहेको भन्दै सरकारसँग धेरै अपेक्षा रहेको तर पूरा गर्न साधन स्रोतको अभाव रहेको बताउनु भयो । उहाँले सरकारले स्रोत साधनको आधारमा टेण्डर तथा ठेक्का लगाउने काम क्रमशः शुरु गरेको बताउनु भयो । उहाँले सरकारले आयोजनाहरुको फाइल कुन मन्त्रालयमा कुन अवस्थामा छ भन्ने विषयमा फाइल ट्रयाकिङ प्रणालीको विकास गर्न थालेको पनि बताउनु भयो । सडक सुरक्षा सम्बन्धि विधेयक अबको संसद अधिवेशनमा लैजाने तयारी रहेको पनि मन्त्री दाहालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘भौतिक पूर्वाधार क्षेत्रमा धेरै समस्याहरु छन् । सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी दिन नसक्दा हामी आफैँलाई अफ्ठ्यारो लागेको विषय हो । सरकारले निर्माण व्यवसायीहरुको भुक्तानीलाई कुनै न कुनै हिसाबले सम्बोधन गर्दैछौं । अब १५ दिन पनि लाग्दैन । निर्माण व्यवसायीहरुले पाउने पुरानो भुक्तानी पाउनुहुन्छ । सरकार अहिले ठेक्का लगाउने काममा छ । सरकारसँग धेरै अपेक्षा छन् । अपेक्षा पूरा गर्न साधन स्रोतको अभाव छ । तर पनि सरकारले टेण्डर तथा ठेक्का लगाउने काम क्रमशः भइरहेको छ । सरकारसँग जस्तो स्रोत साधन छ । त्यसको आधारमा सरकारले काम अगाडि बढाउने सोचेका छौं । सरकारले आयोजनाहरुको फाइल कुन मन्त्रालयमा कुन अवस्थामा छ भन्ने विषयमा फाइल ट्«याकिङ प्रणालीको विकास गर्न थालेका छौं । फाइल कहाँ पुग्यो भन्ने विषय आफै हेर्न मिल्ने प्रक्रियामा छौ । अख्तियारले पनि साना विषयमा दुःख दिने काम गरिहेको छ । गर्नुपर्ने काम नगर्ने अरु काम गर्ने काम भइरहेको छ । सडक सुरक्षा सम्बन्धि विधेयक अबको संसद अधिवेशनमा लैजाने तयारी गरेका छौँ । ११ हजार नक्कली आयोजना को सन्दर्भमा प्रधानमन्त्रीले उठाएको विषय हो, यी आयोजना कसरी बिचैमा त्यसरी आए । संसदले पास गरेको आयोजनाभन्दा कसरी बढ्यो भन्ने कुराको अध्ययन हुनुपर्छ यो अराजकता हो ।नक्कली आयोजना खडा गरी अनावश्यक बजेटहरु राख्ने प्रवृत्तिको बारेमा अध्ययन गरी ती आयोजनालाई डिलेट गर्ने बाहेक अरु उपाय छैन ।’

भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्माले चालु आर्थिक वर्षका केही बहुवर्षिय ठेक्काको काम गर्ने योजना रहेको बताउनु भयो । उहाँले गत वर्ष सरकारसँग स्रोत साधन नभएको भन्दै बहुवर्षिय ठेक्का लगाउने काम नगरेको भन्दै यो वर्ष सरकारले धेरै दायित्व नपर्ने गरी छनोट गरेर बहुवर्षिय ठेक्का लगाउने तयारीमा सरकार रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,‘चालु आर्थिक वर्षका केही बहुवर्षिय ठेक्काको काम गर्ने योजना रहेको छ । गत वर्ष सरकारसँग स्रोत साधन नभएको भन्दै बहुवर्षिय ठेक्का लगाउने काम गरेनौं । यो वर्ष सरकारले धेरै दायित्व नपर्ने गरी छनोट गरेर बहुवर्षिय ठेक्का लगाउने तयारीमा छौं ।’

सडक विभागका महानिर्देशक रामहरि पोखरेलले सडक विभागले अहिले दैनिक गरी दुई हजार १ सय ६ आयोजनाहरु ठेक्काहरु लागिरहेको बताउनु भयो । उहाँले उक्त आयोजनाहरुको गत असारसम्मको तथ्याङ्कका आधारमा २ खर्ब ३१ अर्बको लागत रहेको बताउनु भयो । उहाँले नारायणगढ—बुटवल सडक खण्डको विषयमा प्रधानमन्त्री स्तरसम्म कुरा पुगेर सबैतिर पहल भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सडक विभागले अहिले दैनिक गरी दुई हजार १ सय ६ आयोजनाहरु ठेक्काहरु लागिरहेको छ । गत असारसम्मको तथ्याङ्कका आधारमा २ खर्ब ३१ अर्बको दायित्व देखिन्छ । विभागसँग प्रत्येक आयोजनाहरुको तथ्याङ्क छ । यो वर्षको बजेटमा थपिएका आयोजनाहरु समावेश भएका छैनन् । यी आयोजनाहरु ठेक्का लाग्ने क्रममा छन् । नारायणगढ बुटवल सडक खण्डको विषयमा प्रधानमन्त्री स्तरसम्म कुरा पुगेको छ । सबैतिरबाट पहल भएको छ तर काबुबाहिरको परिस्थिति बनेको छ । उद्देश्य ठेक्का तोड्न सक्ने थियौं तर ठेक्का तोड्दा पर्ने असरको कारणले तोड्न सक्ने अवस्था बनेको छैन ।’

उहाँले समस्या समाधानको लागि विभागको काबु बाहिरको परिस्थिति बनेको बताउनु भयो। उहाँले विभागले आयोजनाको ठेक्का तोड्नसक्ने अधिकार भएपनि ठेक्का तोड्दा पर्ने असरको कारणले ठेक्का तोड्न नसकिएको बताउनु भयो ।