१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

चार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र

चार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र
अ अ+ अ-

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा चार सय किलोभोल्ट (केभी)को सबस्टेसन निर्माण काम तीव्र गतिमा भइरहेको छ ।

तामाकोसी, सुनकोसी नदी र ती नदीका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र देशभित्रको प्रणालीलाई सदृढ बनाउन चार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा भइरहेको हो ।

सोही स्थानमा दुई सय २०÷एक सय ३२ केभी र एक सय ३२÷११ केभी सबस्टेसन निर्माण सम्पन्न गरी उपकरणहरुको परीक्षण सम्पन्न भइसकेको छ । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित चार सय केभी बाह्रबिसे सबस्टेसनका सम्पूर्ण उपकरण निर्माणस्थलमा आपूर्ति भइसकेका छन् । पावर ट्रान्सफर्मर राख्ने सिभिल संरचनाको निर्माण सम्पन्न गरी जडान भइरहेको छ ।

नियन्त्रण कक्ष, जिआइएसका उपकरण रहने भवनको सिभिल संरचना निर्माणाधीन छन् । सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएपछि उपकरणको जडान सुरु हुनेछ । सबस्टेसनको समग्र निर्माण प्रगति ७० प्रतिशतको हाराहारीमा छ । सबस्टेसन निर्माण आगामी जेठभित्र सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार सबस्टेसन निर्माणस्थलको अनुगमन गरी तोकिएको समयभन्दा अघि नै सम्पूर्ण काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो ।

“चार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भएपछि बलेफी तथा भोटेकोसी नदी करिडोरमा निर्माण भएका जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडी बाह्रबिसे–खिम्ती चार सय केभी प्रसारणलाइनमार्फत ढल्केबरतर्फ पठाउन सकिन्छ”, उहाँले भन्नुभयो । उक्त सवस्टेशनलाई उच्च प्राथमिकता राखेको उहाँको भनाइ थियो ।

खिम्ती, बाह्रबिसे र लप्सीफेदी चार सय केभी सबस्टेसन आयोजनाअन्तर्गत तीन सबस्टेसन निर्माणाधीन छन् । तामाकोसी–काठमाडौँ दुई सय २०÷चार सय केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४३ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ ।

यसअघि भदौ १२ मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको बाह्रबीसेस्थित पलाँतीमा निर्माणाधीन मध्यभोटेकोसी जलविद्युत् आयोजनको पावरहाउस तथा सवस्टेशनको निरीक्षण गरी उक्त आयोजना तथा सवस्टशनको काम चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको थियो ।

खिम्ती–बाह्रबिसे प्रसारण लाइनमा पर्ने एक सय १८ टावरमध्ये एक सय १७ वटाको जग हालिएको छ । एक सय १५ वटा टावर खडा गरिएको छ । करिब ३६ किलोमिटर तार तानिएको छ । बाँकी एक टावर निर्माणाधीन छ । खिम्ती–बाह्रबिसे खण्ड आगामी माघभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

त्यस्तै बाह्रबिसेबाट काठमाडौँको लप्सीफेदीसम्मको ४६ किलोमिटर चार सय केभी डबल सर्किट प्रसारण लाइन पनि निर्माणाधीन छ । सो ४६ किलोमिटर प्रसारण लाइनमा पर्ने एक सय २२ टावरमध्ये एक सय १८ वटाको जग हालिएको छ । एक सय १७ वटा टावर खडा गरिएको छ । करिब ४२ किलोमिटर तार तानिएको छ । बाँकी टावरको काम भइरहेको छ ।

खिम्ती–बाह्रबिसे–काठमाडौँ हुँदै प्रवाह भएको विद्युत्लाई काठमाडौँ उपत्यकामा लैजानका लागि लप्सीफेदी–चाँगुनारायण एक सय ३२ केभी प्रसारण लाइन अगाडि बढाइएको छ । स्थानीयको अवरोधका कारण निर्माण प्रभावित छ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)ले निर्माण गर्ने चार सय केभीको प्रसारण लाइन निर्माण सम्पन्न भएपछि लप्सीफेदीबाट विद्युत्लाई नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) भूमहीस्थित नयाँ बुटवल सबस्टेसनतर्फ प्रवाह गराउन सकिनेछ ।