१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

चिकित्सकका माग प्रति सकारात्मक छौ: अर्थमन्त्री पौडेल

चिकित्सकका माग प्रति सकारात्मक छौ: अर्थमन्त्री पौडेल
अ अ+ अ-

बुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले चिकित्सकहरुले उठाएका मागहरु प्रति सरकार सकारात्मक रहेको बताउनु भएको छ ।

राष्ट्रिय चिकित्सक संघ नेपाल लुम्बिनी प्रदेशको तेस्रो महाधिवेशनको बुटवलमा उद्घाटन गर्दे अर्थमन्त्री पौडेलले अर्थतन्त्रको आकार अनुसार नै चिकित्सकहरुको सेवा सुबिधा बृद्धि गर्न सरकार सकारात्मक रहेको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘चिकित्सकहरुले उठाएका माग प्रति सरकार नकारात्मक छैन तर देशको अर्थव्यवस्था सुधारउन्मुख हुदै गरेकोले सबै माग एकै पटक पुरा गर्न कठिन हुन्छ, प्राथाकिताका आधारमा पुरा गर्दे जान्छौ ।’ उहाँले चिकित्सा शिक्षा आयोगले आवासीय चिकित्सकको न्यूनतम पारिश्रमिक ४८ हजार बनाउन सिफारिस गरेको उल्लेख गर्दे सरकार त्यसमा पनि सकारात्मक रहेको जानकारी गराउदै के कति गर्न सकिन्छ त्यसमा गृहकार्य भै रहेको बताउनु भयो।

महाधिवेशनले डा समीर आचार्यको अध्यक्षतामा २१ सदस्यीय प्रादेशिक कमिटी गठन गरेको छ । संघको उपाध्यक्षमा डा रमेश भट्टराई र डा पुष्पराज रिजाल चयन हुनु भएको छ । संघको महासचिबमा डा साम्रट पराजुली, कोषाध्यक्षमा डा।अमृता पाण्डे , उपसचिवमा डा किर्तिपाल सुबेदी, चयन हुनु भएको छ । यसैगरी संघको सदस्यहरुमा डा युधिष्टिरराज खड्का , डा खगेन्द्र अचार्य , डा अरुण ज्ञावली , डा बिनोद सिह, डा परिधि भट्टराई ,डा।कृष्ण खरेल ,डा सुवास शर्मा, डा।संगीता अधिकारी , डा सिाल काफले ,डा राजेन्द्र पौडेल , र डा जितेन्द्र कोईराला चयन हुनु भएको छ ।